लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अबर ८० करोड विनियोजन लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त १५ दिने ब्रेल लिपी सिप विकास तालिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी                
समाचार :

बहुप्रतिक्षित वेलकम टु हेम्जाकोट ट्रेलर सार्वजनिक

काठमाडौं । समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को टे्रेलर सार्वजनिक गरिएको छ ।

डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक टे्रेलरले यो चलचित्र वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उताब-चडाब लगायतका विषयवस्तुमा आधारित रहेको महशुस गर्न सकिन्छ ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी जेठ-२६ मा देशव्यापी प्रदर्शन हुँदैछ । नेपालबाहेक जापान, अस्टे्रलिया, अमेरिका र युरोपका केहि शहरमा पनि प्रदर्शन हुँदैछ ।

केहि दिन अघि मात्रै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेर नयाँ प्रदर्शन मिति घोषणा गरेको थियो । गएको तिहारमा सार्वजनिक हुने भनिएको यो चलचित्र प्राविधिक कारण पोस्टपोण्ड भएको थियो ।

आज सार्वजनिक टे्रेलरलाई शाहिल खानले निर्माण गरेका हुन् । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो । यो चलचित्र केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथीले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । त्यस्तै, यसअघि सार्वजनिक चलचित्रका कन्टेन्ट आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायले दर्शकको ध्यान तानेको थियो । टे्रेलर पनि निकै रमाइलो खालको छ ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ ।

गीतका म्युजिक डिरेक्टर राज सागर हुन् । चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन् ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=hc5UannIQP

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार