


मालपोत कार्यालय रुपन्देहीले भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दीभन्दा बढी जग्गा राखेको ठहरसहित जफत गर्ने प्रक्रिया अघि बढाएको छ ।
उजुरी परेपछि अध्ययन गर्दै जाँदा हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिएकाले जग्गा रोक्का राखेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक प्रतिनिधी सोतीले हदबन्दीभन्दा बढी जग्गा भेटिएको पुष्टि गरे ।
उजुरी परेको र छानविन गर्दा ११ विगाहा राख्न पाउनुपर्नेमा १३ विगाहा राखेको भेटिएको भन्दै उनले अन्य ठाउंमा पनि जग्गा छ कि भनेर सम्बन्धित निकायबाट खोजविन भइरहेको बताए ।
थप जग्गा भेटिए त्यो पनि जग्गा सरकारले जफत गर्ने उनको भनाई छ । भूमिसम्बन्धी ऐनअनुसार हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिए बढेको हदसम्मको जग्गा सरकारले जफत गर्न पाउंछ । त्यसरी जफत गर्दा सम्बन्धित जग्गाधनीले आफूले राख्ने जग्गा रोज्न पाउने उनले बताए ।
प्रारम्भिक रुपमा नै कैफियत भेटिएपछि जग्गा रोक्का राखेर थप छानविन भइरहेको उनको भनाई छ ।