तिलोत्तमाको ६ लेन सडक रंगिबिरंगी फूलले ढकमक्क (फोटो फिचर)

उत्तर-दक्षिण सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रको ६ लेन सडक अहिले ढकमक्क फूलले रंगीबिरंगी बनेको छ । रंगीबिरंगी फूल र त्यसको सौन्दर्यले राजमार्ग आसपासका बासिन्दा खुसी छन् ।

तिलोत्तमा नगरपालिकाले राजमार्गको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा विभिन्न प्रकारका फूल र बिरूवा लगाएको थियो । अहिले त्यी फूल ढकमक्क फूलेका छन् । फूलले सडक नै रंगीबिरंगी बनेको छ । दिनभर हरिया बिरुवा र फूलले मनमोहक बनाउने राजमार्ग रातपरेपछि थरीथरीका बत्ती बलेर झिलिमिली बन्छ ।

जाली लगाएर घेरिएको डिभाइडर र कंक्रिटको रिङमा लगाएका फूल र बिरुवाले राजमार्ग बाह्रमास हरियाली र मनमोहक बनाउँछन् । मुख्य डिभाइडरमा लगाएका बेगनबेली फूल फुल्दा यात्रा गर्ने जो कोहीको मन लोभ्याउछ ।

‘गोडमेल गर्ने, सरसफाइ गर्ने र दैनिक पानी हालिरहेका छौं त्यसले गर्दा हरियाली भएको छ,’ तिलोत्तमा नगरपालिका रुपन्देहीकी जगेश्वरी चौधरी भन्छिन्, ‘साथै सौन्दर्यका लागि हामीले सडकलाई झिलिमिली बनाएका छौं ।’

साँझमा यात्रा गर्दा राम्रो देखिने र उज्यालो पनि देखिने भएको हुँदा यसले सवारीसाधान दुर्घटनामा कमी ल्याएको उनले जानकारी दिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार