तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

३ हप्ता देखि जजिराको भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान रोकियो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आहिले आन्तरिक उडानमा मात्र सिमित बनेको छ ।
२०७९ साल जेठ ३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपनि अहिले सम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन् । उद्घाटन भएको एक वर्ष पुग्दै गर्दा जजिरा एयरलायन्सले नियमित उडान गर्न सकेको छैन भने अरु उडान नै थपिएका छैनन् ।
जजिरा भैरहवाको आकासमा उड्न छोडेको ३ हप्ता भन्दा बढी भइसकेको छ । गत असोजदेखि उडान रोकेको जजिराले फागुनबाट पुनः उडान सुरु गरेको थियो । तर फेरि अहिले आफ्नो व्यवसायिक कारण देखाउंदै जजिराले उडान हटाएको छ । विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले अर्को सूचना नभएसम्म जजिराको उडान बन्द भएको बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको वर्ष दिनसम्म नेपाल एयरलाइन्सले पनि उडान थालेको छैन । गत बुद्धजयन्ती समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरांतीले आउँदो जेठ १५ गते भैरहवाबाट नेपाल एयरलाइन्सले नियमित उडान थाल्ने बताएका छन् । मन्त्रीले बोले पनि नागरिक उड्यन प्राधिकरणबाट नेपाल एयरलाइन्सले अझै उडानको अनुमति लिएको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता बज्राचार्यले नेपाल एयरलाइन्सको उडानबारे जानकारी नआएको बताए ।
नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल एयरलाइन्सले उडान गर्ने जानकारी दिएको तर अनुमति लिइनसकेको बताए । एयरलाइन्सले मे को तेस्रो साताबाट दिल्ली र मलेशिया उडान गर्ने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित