तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलको हैदरावादी मट्का विरयानीः पौने दुईक्वीन्टल मासु र ८० किलो चामलको दैनिक पाक्छ विरयानी

चामल, मासु, अण्डा, घिउ र विभिन्न मसलाको स्वाद सहित एउटै थालीमा पस्किने विरयानी मुस्लिम समुदायको विशेष परिकार मानिन्छ ।
भारतमा मुगल शासनकालमा सुरु भएको मानिने विरयानी पाकिस्तान र भारतको विशेष खाना समेत हो । रोल्पाका जनक खड्का भने विगत दुई वर्षदेखि बुटवलका खानाका पारखीहरुलाई विरयानीको स्वाद चखाई रहेका छन् ।
सधै नेपाली दाल, भात, तरकारीको स्वादमा भुलेका बुटवलका उपभोक्ताको जिब्रोलाई अहिले हैदरावादी मट्का विरयानीको स्वादले पनि लोभ्याउन थालेको छ । रोल्पाको सुनिल स्मृति गाउपालिका गजुरमा जन्मिएका जनक भारतीय सेनामा जागिरे रहेका बुवा मनबहादुर खड्कासग सानो उमेरमै भारतको हैदरावाद गएका थिए । आफ्नो पढाईसंगै विरयानी बनाउने सिप पनि जनकले भारतमै सिके ।
०७६ सालसम्म हैदरावादमै होटल चलाएका जनकले विगत दुईवर्ष देखि बुटवलको अमरपथ र ९ महिनादेखि नेपालगञ्जरोडमा गरि दुईस्थानमा हैदरावादी मट्का विरयानी होटल चलाउँदै आएका छन् । दुईवटा होटलको मासिक डेढ लाख घरभाडा बुझाउने जनकले दैनिक १ लाख भन्दा बढिको विरयानी विक्री गर्ने बताए ।


‘पहिलो दिन दुईकिलो चिकन र दुईकिलो चामलको विरयानी बनाएका थियौं, अहिले दैनिक पौने दुईक्वीन्टल मासु र ८० किलो चामलको विरयानी पाक्ने गर्छ’ जनकको दावी छ । १४ जना कामदारले रोजगारी पाएको विरयानी हाउसमा भान्साको मुख्य काम र हिसाबकिताबको जिम्मेवारी भने परिवारका सदस्य मिलेर गर्छन् ।


बजारबाट सामान मगाउने र मसला बनाउने जनकको जिम्मेवारी छ भने भान्साको मुख्य जिम्मेवारी श्रीमती डिला खड्काको हातमा छ । हिसाबकिताव छोरीहरु चन्द्रिका र चन्द्राले सम्हाल्छन् । हालै एसईई परिक्षा दिएकी कान्छी छोरी विष्णुपनि होटलमा सघाउन थालेकी छन् । घरको सबै परिवार खटिने भएकोले कारोबारको ३५ प्रतिशत जति मुनाफा निस्किने जनकले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित