तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चलचित्र आई एम ट्वान्टी वानको टिम बुटवलमा

नेपाली फिल्मको ठूलो बजार मानिने बुटवल पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका छन् ।

आगामी बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’को विषयमा जानकारी गराउनका लागि उनीहरुले त्यस क्षेत्रका दर्शकसँग भेट गरेका हुन् । उनीहरुले शुक्रबार बुटवलमा हस्पिटालिटी भेटघाट, तिलोत्तमा तथा क्षितिज कलेजका बिद्यार्थी भेटघाट, माइकिङ्ग र फ्लेक्स सहित अटो र्याली, चिया भेट तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

निर्देशक रेनशा राई राणाको निर्देशनमा बनेको फिल्म दर्शकको प्रतिक्षित फिल्म पनि हो। फिल्म चल्नु अगाडि नै दर्शकहरुसँग भेटघाट गर्न पाउँदा अत्यन्त खुसी लागेको नायिक जसिता गुरुंगले बताईन।

दर्शकले फिल्म ‘आई एम ट्वान्टी वान’लाई लिएर निकै सकारात्मक विचार व्यक्त गरेकोमा आफु अत्यन्त उत्साहित भएको नायिका गुरुङले बताएकी छिन। त्यस्तै बिहानैबाट बुटवलका विभिन्न कलेज तथा क्युएफेक्स, क्यु बक्स , काशी सिनेप्लेक्स भैरहवा लगायतका सिनेमा हलमा भिजिट गरेका धिरज मगरले दर्शकले आफु लगायत ‘आई एम ट्वान्टी वान’को प्रतिक्षामा रहेकॊ प्रतिक्रिया पाएपछि दंग छन् । सबै ठाउँमा भेटेका दर्शकले अत्यन्त मन पराइदिनू भएको छ, आशा छ हाम्रो फिल्म ‘आई एम ट्वान्टी वान’ लाई बैशाख २१ गते स परिवारले हेरेर साथ् दिनुहुनेछ – नायक धिरज मगरले भने।

चलचित्र पत्रकार संघ रुपन्देहीको साक्षात्कार कार्यक्रममा बोल्दै कलाकार धिरज मगरले रुपन्देहीमा निकै उत्साहित भएको र फिल्मले राम्रो माया पाउने आशा ब्यक्त गरेको बताएका छन्।

चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिजय आवाज, संघका रुपन्देहीका संस्थापक सुमन श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन, सोसल मिडिया म्यानेजर बिबेक खकुरेल लागयात्को उपस्थिति रहेको थियो।

नेपालमा पहिलो पटक नृत्यको विषयमा फिल्म बनेकाले दर्शकको एउटा कित्ता उत्साहित छ । ट्रेलर र गीत सार्वजनिकपछि कतिले बलिउड फिल्म ‘एविसीडी’सँग समेत दाँजेका छन् । दर्शकहरुलाई हलसम्म तान्ने यो गतिलो हतियार बन्न सक्छ । निर्देशक राईले डान्सको माध्यमबाट नेपाली युवापुस्ताको अव्यक्त सपना र रहरलाई फिल्ममा निकै गहन ढंगले देखाउन खोजेको बताएकी छन् ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमलगायतको पनि अभिनय छ । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

यस्तै, शनिबार फिल्म युनिट नेपालगञ्जस्थित क्यूएफएक्सको बागेश्वरी हलमा दर्शकसँग साक्षात्कार गर्नेछन् भने सोही क्रममा दाङ्गमा समेत पत्रकार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित