तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

प्रकाश सपूतले सार्वजनिक गरे ‘सकम्बरी’ [भिडियो]

गायक प्रकाश सपूतले ‘सकम्बरी’ (फूलमाया) शीर्षकको गीत भिडियोसहित युट्युबमा सार्वजनिक गरेका छन् ।

बिहीवार दिउँसो सार्वजनिक यो उनको चार महिनापछिको अफिसियल गीत हो । ​

युट्युबमा सार्वजनिक गर्नुअघि उनले यो गीत गत मंगलवार डिस होमको एपमा सार्वजनिक गरेका थिए । गीतलाई लिएर मंगलवारबाटै सांगीतिक वृत्तमा एक खालको चर्चा सुरु भएको थियो ।

यो गीतमा प्रकाशकै शब्द, लय र स्वर छ । सुदिप सागरको संगीत संयोजन रहेको गीतमा बर्ता गन्धर्वको समेत स्वर छ ।

प्रकाशले आफ्नै कथा एवं निर्देशनमा तयार पारेको यसको भिडियोमा पनि उनी प्रस्तुत छन् । साथमा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाईली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतलाई भिडियोमा हेर्न सकिन्छ ।

प्रकाशले चलन चल्तीका गीतभन्दा बाहिर रहेर अलग–अलग मुद्धालाई आफ्नो साङ्गीतिक खुराक बनाएर पेस गर्दै आइरहेका छन् । ‘सकम्बरी’मा पनि उनले नयाँ विषयवस्तु समेटेका हुन् ।

यसपटक उनले राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवतीको कथा भिडियोमा पेस गरेका छन् ।

भिडियो युट्युबमा सार्वजनिक गर्दै उनले समीक्षा गर्ने जिम्मा स्रोता दर्शकमा सुम्पिएका छन् । ‘फूलमायादेखि सकम्बरीसम्मको यात्राको समीक्षा गर्ने जिम्मा तपाईँको । उनि कति सही र कति गलत छिन् ? तपाई हाम्रो दृष्टिकोण कति सही छ र कति गलत छ ? त्यो विश्लेषण गर्ने जिम्मा पनि तपाईँको’ प्रकाश लेख्छन् – ‘हाम्रो सिर्जनात्मक प्रयासलाई सुझाव दिने, माया र हौसला दिने जिम्मा पनि तपाईँको । अब हाम्रो काम सकियो, सबै तपाईँको ।’

नवराज उप्रेतीको छायाँकन रहेको यसको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

भिडियो :

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित