युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

जनप्रतिनिधि र कर्मचारीले अनुगमनै नगरी कार्यालयमै बसेर भत्ता पचाए

बुटवल : खेलकुदका लागि छुटाइएको बजेटमा जनप्रतिनिधि र कर्मचारीले अनुगमन नै नगरी भत्ता बुझेको पाइएको छ।

कपिलवस्तुको शिवराज नगरपालिकाले आयोजना गरेको खेलकुद महोत्सवमा जनप्रतिनिधि र कर्मचारीले अनुगमन बिनै ५ लाख भन्दा बढि भत्ता बुझेको पाइएको हो।

नगरपालिकाले गत माघ १८ गते देखि २९ गते सम्म खेलकुद महोत्सव गरेको थियो। उक्त महोत्सवमा कुल १६ लाख १४ हजार रकम खर्च भएको थियो।

त्यस मध्ये ५ लाख बढि रकम जनप्रतिनिधि र कर्मचारीले अनुगमनका नाममा बुझेका छन्।

प्राप्त सूचना अनुसार नगर प्रमुख अजय थापाले ९ दिन अनुगमन गरेको भन्दै १५ प्रतिशत कर कट्टा गरेर ७ हजार ६ सय ५० रुपैयाँ बुझेका छन्।

उपप्रमुख शिवकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले पनि समान ९ दिन अनुगमन गरेर ७ हजार ६५० रकम बुझेका छन्। त्यस्तै लेखा अधिकृत र लेखापालले पनि अनुगमनका नाममा रकम बुझेका छन्।

लेखा अधिकृत रामचन्द्र मरासनीले ६ दिन अनुगमन गरे बापत ५ हजार १ सय र लेखापाल रीता खनालले ७ दिन अनुगमन गरे बापत ५ हजार ९५० रुपैयाँ बुझेका छन्। उनीहरूले प्रतिदिन एक हजार रुपैयाँ भत्ता बापत पाउने रकमको १५ प्रतिशत कर कट्टी गरेर रकम बुझेका हुन्।

यस बारेमा बुझ्न खोज्दा नगर प्रमुख अजय थापाले ठ्याक्कै कति दिन अनुगमन गरेको याद नभएको बताए। खेल महोत्सव १० दिन चलेको थियो।

त्यस बाहेक खेल व्यवस्थापक, सञ्चालक र सहयोगी कर्मचारीहरुको पारिश्रमिकका नाममा पनि रकम दिइएको छ। नगरपालिकाको शिक्षा शाखामा कार्यरत उपसचिव पूर्ण बहादुर विश्वकर्माले १२ दिनको भत्ता बुझेका छन्।

१० दिनसम्म चलेको खेल महोत्सवमा विश्वकर्माले १२ दिनको भत्ता बुझेको पाइएको छ। विश्वकर्माले १० हजार २ सय रुपैयाँ भत्ता बुझेका छन्।

शिक्षा शाखाका प्राविधिक सहायक दिनेश कुमार चौधरीले समेत १२ दिनको १० हजार २ सय रुपैयाँ भत्ता बुझेका छन्। नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले पनि १२ दिनको ८ सय ५० को दरले कर कट्टी गरी १० हजार २० रुपैयाँ भत्ता लिएको पाइएको छ।

उकेरा डटकमका लागि विकाश पराजुलीले बुटवल बाट लेखेको समाचार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित