मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

विना दुर्घटना ४९ बर्ष सम्म सवारी हांकेका कार्की ‘वा’

बुटवल । भनिन्छ, दुर्घटना भवितव्य हो । कति दुर्घटना प्राकृतिक हुन्छन्, कतिपय चालकले गरेको लापरबाहीका कारण दुर्घटना हुन्छन् । त्यहि कारण धेरैले अकालमा मृत्यु वरण गर्छन ।
कोही त्यस्ता चालकहरु पनि हुन्छन् जो, आफ्नो जीवनकालमा कुनै पनि मानविय र भौतिक क्षति विना ‘सफल चालक’ बन्छन् । त्यस्ता ‘सफल चालक’ औलामा गन्न सकिने हुन्छन् । त्यहि मध्येका एक हुन, रुपन्देही देवदह ५ खैरेनीका विष्णु कार्की । जसले सवारी चालाएको ४९ बर्ष भयो ।
बुटवलको राप तापले तताउदै गरेको सडकमा रातो ज्याकेट र शिरमा ढाका टोपी, पकेट वाला हाफ जागे लगाएका रुपन्देहीको देवदहका विष्णु कार्की अघिल्लो साता बुटवल बसपार्कमा भएको एक कार्यक्रममा भेटिए ।
लामो समय देखि सवारी चालक पेशामा आबद्ध भएका कार्की उक्त कार्यक्रममा सम्मानित बने । कुनै पनि मानविय र भौतिक क्षति नगरी सुरक्षित, अनुशासित र मर्यादित यात्रामा पुराएको योगदानको कदर गर्दै सुरक्षित यात्रा नेपाल बुटवलले उनलाई सम्मान गरेको थियो ।
४९ बर्ष सम्म सवारी चालक बनेका कार्की संग धेरै अनुभव छ । कहिले सरकारी साधन, कहिले बस, कहिले ट्रक चलाएका कार्की पछिल्लो समय आफ्नै सवारी खरिद गरेर चलाउने गरेका छन् ।
४९ बर्ष पहिले बुटवल–नेपालगञ्जको सवारी चलाएका कार्कीले त्यहि सवारी बाट आफ्नो जीवनका सुख खोजे । त्यसपछि भने ३३ बर्ष ट्रक चलाए । पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म ट्रकबाट सामान ओसारपोसार गरे । केही समय दाङ–काठमाडौं रात्रिकालिन बस पनि चलाए ।
‘कहाँबाट सुःख मिल्छ भन्दै धेरै सवारी फेरेर चलाए । अहिले भने आफ्नै जीप चलाउने गरेको छु’ उनले भने ।
१५ बर्ष देखि अहिले आफ्नै जीप चलाउँदै आएका विष्णु कार्की सवारी लाईनमा ‘कार्की बा’ का नामले चिनिन्छन् । उनले सवारी साधन चलाउँदा नारायणीमा पुल थिएन । बुटवल बाट काठमाडौं जान पोखरा हुँदै जानुपर्ने अवस्था थियो ।
विगत सम्झदै कार्की भन्छन्–‘अहिले गाडि चलाउन धेरै सजिलो छ । गाडि हाईडोलिक छन् । औलाले घुम्ती काट्न सकिन्छ । त्यो बेलाका सडक कस्ता थिए । गाडि पनि उस्तै । घुम्ती काट्न कुनै कुनै ठाउँमा त सह चालकको सहयोगमा ह्यान्डल बर्टान पथ्र्यो’ उनले भने ।
प्रविधिको विकास संगै सवारी साधनमा बढि सुरक्षित हुने उपकरणहरु जडान भएका छन् । हाइडोलिक सवारीका कारण दुर्घटना हुनबाट सजिलै बच्न पनि सकिन्छ । तर यति हुँदा हुँदै पनि दिनानु दिन भइरहेको दुर्घटना बाट कार्की अचम्ममा छन् । उनी भन्छन्–‘पहिले भन्दा धेरै स्तरिय गाडि भएपनि दुर्घटना पहिलेको तुलनामा झन बढेको छ । सडक पनि फराकिला र चिल्ला भएपनि दुर्घटना बढ्ने गरेका छन्’ उनले भने ।
कार्कीको ४९ बर्षे सवारी चलाएको अनुभवमा दुर्घटनाको मुख्य कारण चालकको लापरबाही हो । चालककै कारण ९० प्रतिशत दुर्घटना हुने र प्राकृतिक एवं भवितव्य दुर्घटना जम्मा १० प्रतिशत हुने गरेको उनले बताए ।
‘बाटो फराकिला हुँदा चालकले स्पीड कुदाँउछ । त्यति मात्र होईन, मादक पद्धार्थ सेवक गरेर पनि सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको छ’ उनले भने ।
चलक सचेत भए नेपालमा दुर्घटनाको संख्यामा कमि आउने उनी बताउँछन् । ‘आफ्ना नजिक बोल्ने मानिस राख्ने, ध्यान सडकमा भन्दा कुरामा हुँदा पनि दुर्घटना हुने गरेको छ । केही दुर्घटना मात्र ब्रेक फेल भएर, टायर फुटेर भएका छन् । तर चालक जिम्मेवारी भए दुर्घटना कम हुन्छ’ उनले भने ।
४९ बर्ष सम्म सवारी चालक बनिरहेका कार्की आफ्नो पेशाबाट सन्तोष छन् । घर परिबारले पनि खुसी मानेकै छन् । ‘पहिला जस्तो थिए, अहिले पनि त्यस्तै छु । तरपनि सन्तोष छु । जति गरेपनि खाने लाउने हो । खान पाएको छु । नांगो शरिर ढाक्न पाएको छु’ उनले भने ।
सवारी साधन चलाउँदा ठाउंठाउंमा यात्रुले दिने माया पनि उनको सम्झनामा ताजै छन् । कतिपय यात्रुलाई गन्तव्यमा पुराए पनि धन्यवाद नपाएका उनी पछि जाँदा सम्मान पाएको उनी सम्झन्छन् । पाल्पाको फोक्सिन कोट जाँदा, प्युठान जाँदा पछि पनि धेरै फुल मालाले सम्मान पाएको उनले बताउँछन् ।
‘यात्रुको माया पछि सम्म पनि पाईने गरेको छ । यात्रुले अप्ठयारा परिस्थितीमा सजिलै गन्तव्यमा पुराएको क्षणलाई सम्झेरै पछि सम्मान गरेको हुनुपर्छ’ उनले भने । उकेराबाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित