नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै                
समाचार :

२२ तस्वीरमा हेर्नुहोस्- लुम्बिनीको आँगन

हरिया समथर फाँट। वृत्ताकार भूमिको केन्द्रमा जोडी आँखाले नियालिरहेको ठूलो स्तूप। चिटिक्क परेका पदमार्ग। मन्दमन्द हावासँगै फरफराइरहेका रंगीबिरंगी पताका। चराचुरुंगीको चिरबिर। त्यससँगै मिसिएको गेरुवस्त्र पहिरिएका तन्नेरी तथा वृद्धवृद्धाको मधुर स्वर।

सहजै अनुमान लगाउन सकिन्छ, यो लुम्बिनीको आँगन हो। यो आँगनमा टेक्नुभएको छ? वा, पछिल्लो पटक कहिले पुग्नुुभएकोे थियो? कति समय बिताउनुभयो? या, लुम्बिनी पुग्नुभएको छैन?

जे होस्, लुम्बिनीसँगै जोडिएर आउने अर्को नाम हो, गौतम बुद्ध। अझ नेपालमा त लुम्बिनीको चर्चा हुने बित्तिकै ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर नारा लागिहाल्छ। हुन पनि शाक्यमुनि बुद्ध नेपालको भूभागमा जन्मिएका थिए। त्यो भनेको लुम्बिनी नै हो।

बुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने तीन वटा प्रमाण छन्। पहिलो, ‘मार्कर स्टोन’। लुम्बिनीमा भेटिएको ‘मार्कर स्टोन’ यहीँको रैथाने ढुंगा होइन। “अन्यत्रबाट ल्याएर राखिएको हो,” लुम्बिनी सम्बन्धी अध्ययन गर्दै आएका अध्येता वसन्त महर्जन भन्छन्, “त्यसले पनि लुम्बिनीको महत्त्व बुझाउँछ।”

दोस्रो, सम्राट् अशोकले गाडेको स्तम्भ। यो स्तम्भ पनि यस क्षेत्रमा नपाइने चट्टान हो। यो बनारसको गंगापारिबाट ल्याइएको हो। भारतवर्षभरि यस्ता स्तम्भ छरिएका छन्। यो सबैभन्दा उत्कृष्ट छ।

किनकि, यो स्तम्भमा कुँदिएका अक्षर र तिनले बोकेको अर्थले यसको महत्त्व झल्काउँछन्। यो स्तम्भमा प्रयोग भएको भाषा पाली हो भने लिपि ब्राह्मी छ। यसका केही पक्ष अन्य अभिलेखमा नपाइने अध्येता महर्जन बताउँछन्।

सम्राट् अशोकलाई सम्बोधन गर्ने शब्द हो, ‘पियदसि’। प्रायः सबै स्तम्भमा ‘पियदसि’ लेखिएको हुन्छ। “यहाँ ‘देवानपियेन पियदसिन’ लेखिएको छ। महत्त्व दिएर राखिएको हो,” महर्जन अर्थ कोट्याउँछन्।

शव्द: हिमाल खवरबाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार