तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको पूर्वतयारी यसरी भइरहेको छ, १७ तस्वीरमा हेर्नुस्

बुटवल: मृत्यु मार्गका रूपमा परिचित छ- सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्र। वर्षा र हिउँदमा बर्सेनि यहाँ जाने पहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन्।
यसैको निराकरणका लागि भन्दै हाल राजमार्गको यस क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने पूर्वतयारी थालिएको छ।
एमालेका उपाध्यक्ष तथा रुपन्देही- २ का सांसद विष्णु पौडेलको अग्रसरतामा बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्गको ‘ग्लोबल टेन्डर’ भएको थियो। अहिले डिजाइनको काम सकिएर डाइभर्सनको काम भइरहेको छ।

सुरुङमार्गको काम हेर्ने डिभिजन सडक कार्यालय (बुटवल)का प्रमुख होमबहादुर एसीले अहिले बिहान र राति बुटवल–झुम्सा सडक बन्द गरेर मुख्य काम सुरु गर्नुअघि डाइभर्सन निर्माण भइरहेको बताए।
उनका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त सडकखण्ड अन्तर्गतको हेडबक्समा डाइभर्सनको काम भइरहेको छ।

सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग बन्नेछ भने जोखिमयुक्त ठाउँमा प्यानल निर्माण हुने बताइएको छ।

सुरुङमार्गको बीचमा तीन वटा एक्जिट अर्थात् बाहिर निस्कने द्वार समेत बन्नेछ।
अहिले निर्माण क्षेत्रमा ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले कम्पनीले कार्यालय स्थापना गरेर काम सुरु गरेको छ।

कार्यालय स्थापना गर्नुअघि विद्युत् लाइन विस्तारको काम भइसकेको थियो।
सुरुङमार्ग तिनाउँ गाउँपालिका वडा नं. २ सिद्धबाबामा रहेको सिद्धबाबा मन्दिरको उत्तरतर्फबाट सुरु भई दोभान नजिकै रामापिथेकस पार्क अर्थात् हेडबक्ससम्म बन्नेछ।

सात अर्ब ३४ करोड २१ लाख लागत अनुमान गरिएको सुरुङमार्ग स्विस सरकारको विकास सहयोगमार्फत निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो।

सुरुङमार्ग पाँच वर्षभित्र बन्ने गरी ठेक्का गरिएको छ। ठेक्का लगाएको एक वर्ष पूरा भएको छ।

डिभिजन प्रमुख एसीले सुरुङमार्ग निर्माणका लागि डीपीआरको काम सकेर सडक विभागमा पेश भएको बताए। उनले डीपीआर परीक्षण गरी सरकारले स्वीकृत गरेपछि सुरुङमार्गको मुख्य निर्माण सुरु हुने बताए।\

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित