मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स को अडिशन खुल्ला

नेपाली भाषा, कला र संस्कृतीलाई बिश्व सामु चिनाउन ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा फस्ट ईन्टरनेशनल नेपाली रियालीटी शो “मेरो डान्स युनिभर्स” र “मेरो भ्वाईस युनिभर्स” को अडिशन खुल्ला भएको छ ।

यो नेपाल कै ठुलो धन राशीको रियालीटी शो हो । यस प्रतियोगितामा प्रथम हुनेले १ करोड, द्धितिय हुने्ले ३० लाख, तृतिय हुनेले २० लाख पाउने छन् । यस प्रतियोगिता फागुन ६ गते नेपालगञ्ज, फागुन १० गते बुटवल, फागुन १४ र १५ गत सिलिगुरी, फागुन २० र २१ मा दमक, फागुन २७ र २८ मा काठमाडौंमा अडिसन हुँदै छ । यस प्रतियोगितामा १८ बर्ष वा १८ बर्ष भन्दा माथी उमेर समुहका ब्यक्तिहरुले मात्र भाग लिन पाउने छन् ।

यस मेरो डान्स युनिभर्स प्रतियोगिताको अडिसनमा भाग लिन मोबाईलको प्ले स्टोर तथा एप स्टोरमा गएर My Intra एप ईन्सटल गर्ने त्यस पश्चात My Intra एपमा लगईन गरी होम पेजमा रहेको मेरो डान्स एपको लोगोको तल रहेको रजिस्टर बटनमा क्लिक गर्ने त्यसपछि आफ्नो बारेमा डिटेल भरेर Next बटन क्लिक गर्ने र आफुले देखाएको नृत्यको भिडियो अपलोड गर्ने गर्नुपर्छ । भिडियो अपलोड गर्दा उज्यालो भएको ठाँउमा हुुनुपर्ने छ । साथै नृत्य गरेको गीत प्रस्ट सुनिनुपर्ने छ । अपलोड प्रक्रिया भएपश्चात एपले जानकारी गराउने छ ।

त्यस्तै मेरो भ्वाईस युनिभर्स प्रतियोगितामा भाग लिनका लागी प्ले स्टोर तथा एप स्टोरमा गएर My Intra एप डाउलोड गर्नुपर्ने छ । त्यसपश्चात मेरो भ्वाईस एपमा गई रजिस्टर बटनमा गई आफ्नो बारेमा डिटेल भरेर Next बटनमा गएर आफ्नो गायन प्रतिभा देखाएको भिडियो अपलोड गर्नुपर्ने छ । भिडियो अपलोड गर्दा आफुले गाएको स्वर प्रस्ट सुनिनुपर्ने छ र अनुहार पनी प्रस्ट देखिएको हुनुपर्ने छ । अपलोड प्रक्रिया भएपश्चात एपले जानकारी गराउने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित