युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

सिद्धबाबामा बन्न लागेको ११ सय २६ मिटर लामो सुरुङ मार्ग साढे ३ बर्षमा सकिएला ?

पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल, पाल्पा, सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निमार्ण गर्न प्ररम्भिक चरणको काम सुरु गरिएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनु अघि निर्माण कम्पनीले डिजाइन गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य काम गरिरहेको जनाएको छ ।

केहीमहिना अघि डिजाइन सकेर स्वीकृति पछि सुरुङ मार्ग निमार्णको काम प्रारम्भ भएको हो अहिले सुरुङ्क मार्ग निर्माणका लागि सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर हेडबक्स भन्ने ठाउमा ड्राइभर्सन सडक बनाउने काम सुरु भएको छ । यो ठाँउ सुरुङ्कको निकास क्षेत्र हो । सिद्धबाबा मन्दिर परिसर सुरङको सूरुको क्षेत्र हो । यस कामको जिम्मा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरीङ कर्पोरेसन लिमीटेडले पाएको छ ।

निर्माणमा संलग्न ठेकेदार तर्फका ट्रान्सलेटर सागर अधिकारी सुरुङ मार्ग निर्माणको बाटो बनाउने काम भइरहेको जानकारी दिदै यो सुरुङ ११ सय २६ मिटर लामो हुने बताए ।

यो आयोजनाका लागि करिव साढे ७ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सिद्धबाबा क्षेत्रमा एक हजार १ हजार १ सय २६ मिटरको सुरुङ मार्गब नाउने सम्झौता उल्लेख छ ।

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । लामो समयदेखि यात्रुले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङ मार्ग बनाउनु पर्ने माग गर्दै आएका थिए । तर तल्लो सिद्धबाबादेखि नै जोखिम भएकोले यो सुरुङ मार्ग अलि सानो दुरिको भएको स्थानीयले वताउन थालेका छन् ।

यो क्षेत्रमा हिउद र बर्षामा हरेक बर्ष माथिबाट खसेको पहिरोका कारण कैयौ यात्रुले ज्यान गृमाउदै आउनुका साथै घाइतेहुनु पर्ने बााध्यता रहेकोछ । सुरुङमार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङजा, पोखरा, बागलुङलगाएतका क्षेत्रको यात्रा गर्न सहज हुने आसा गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा सुरु भएको यो सुरुङमार्ग करिव साढे ३ बर्षमा सकिने बताईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित