नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

लुम्बिनी विकास कोष द्वारा गुरुयोजना विपरित बिहारहरूलाई जोड्नेगरी पहुंच मार्ग निर्माण गर्दै

लुम्बिनी विकास कोषको गुरुयोजनामा लुम्बिनी क्षेत्रमा निर्माण भएका बिहारहरूलाई जोड्नेगरी पहुंच मार्ग (लिंक रोड) निर्माण गर्ने परिकल्पना गरिएको छैन । तर, कोषले आफ्नो गुरुयोजनामै नभएको पहुंच मार्ग निर्माणको काम अघि बढाएको छ ।
अहिले पूर्वपट्टिको बिहारमा संग्रहालयदेखि शान्ति दीप र पश्चिमतर्फ लुम्बिनी बसपार्कदेखि दीपसम्म पहुंच मार्ग निर्माण गर्नेगरी कोषले काम गरिरहेको छ ।
त्यसका लागि लुम्बिनी विकास कोष परिसर भित्रबाट समेत बग्ने हरहरवा खोलामा पुल निर्माण गरिंदैछ । कोषले बनाउने पूर्वतर्फको पहुंच मार्ग निर्माणका लागि लुम्बिनी एनके खड्का कृष्ण जोइन्ट भेन्चरले ठेक्का पाएको छ ।

यो पहुंच मार्ग निर्माणको लागत ८१ करोड ४ लाख रुपैयां छ । त्यस्तै, पश्चिमतर्फको पहुंच माग निर्माणको जिम्मा काठमाडौँको मैतीदेवीस्थित लामा एपेक्स कमलाजित जोइन्ट भेन्चरले पाएको छ ।
यो पहुंच मार्गको लागत ७९ करोड ३८ लाख ४० हजार रुपैयां निर्धारण गरिएको छ । विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रमा विकास कोषबाट भइरहेको बेथितिको यो उदाहरण मात्र हो ।

लुम्बिनीको गुरुयोजना पूरा गर्ने नाममा भइरहेको पूर्वाधार निर्माण लुम्बिनी विकास कोषका पदाधिकारी र प्राविधिकहरूलाई कमाइखाने भांडो बनेको छ । अहिले मात्र होइन, पहिलेदेखि यो शृंखला जारी छ ।
अर्को उदाहरण लुम्बिनी परिसरभित्रको विद्युत सम्बन्धी काम हो । कोषले लुम्बिनी परिसरका विद्युतीय तारलाई भूमिगत बनाउन २०७४ कात्तिक ३० मा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो ।

करबाहेक २४ करोड १४ लाख ९८ हजार रुपैयां अनुमानित लागत रहेको विद्युतीकरणको ठेक्का २४ करोड ३ लाख ४८ हजारमा सैलुङ÷अर्घाखांची बाबुल जेभीले पाएको थियो ।

यो पनि पढ्नुहोस

लुम्बिनीको गुरुयोजना आफूखुशी फेरियो

२४ करोड खर्चेर गरिएको विद्युतीकरणको काम सम्पन्न भएको दुई वर्ष नपुग्दै त्यो संरचना काम नलाग्ने भएको छ ।

भूमिगत बनाइसकेको भनिएका बिजुलीका तार अहिले बाहिरै छरपस्ट छन । लुम्बिनी विकास कोष बाहिर विद्युत हुंदा कोषमा भने प्रायः बत्ती नै हुंदैन । अझ अनौठो त त्यतिबेला पूरा भएको भनिएको काम भताभुंग बनाउंदै, पहिले बनेका संरचना भत्काएर फेरि त्यही काम गर्न लागिएको छ ।
लुम्बिनीमा गुरुयोजना अनुरूप निर्माण सम्पन्न भइसकेका सडकहरू पनि भत्काएर फेरि निर्माण गरिएको छ। यस्ता सडकको कूल लम्बाई करिब १४ किलोमिटर छ । कोषका उपाध्यक्ष अवधेशमणि त्रिपाठीले भने गुरुयोजना अनुसार काम भएका र बनिसकेका पूर्वाधार भत्काएकोबारे आफूलाई जानकारी नभएको बताए ।
महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा लुम्बिनी विकास कोषको गुरुयोजना अनुरूप गर्नुपर्ने भौतिक पूर्वाधार निर्माणको ८६ प्रतिशत काम पूरा भएको उल्लेख छ ।
त्यसका लागि अहिलेसम्म ६ अर्ब २० करोड खर्च भएको र बांकी काम सम्पन्न गर्न ६ अर्ब लाग्ने प्रतिवेदनमा छ । ८६ प्रतिशत काम सक्दा ६ अर्ब २० करोड खर्च भएकोमा अब बांकी १४ प्रतिशत काम गर्न थप ६ अर्ब लाग्ने महालेखाको प्रतिवेदनमै कतिपयले प्रश्न उठाएका छन ।

लुम्बिनी विकास कोषकै गुरुयोजना अनुरूप कोष परिसरमा करिब २२ करोड रुपैयां खर्च गरेर ओभरहेड पानी ट्याङ्की निर्माण गरिएको छ । तर, अहिले कोषको कर्मचारी आवास भवनमा समेत राम्रोसंग पानी आपूर्ति हुंदैन । उकालो अनलाईन बाट साभार

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार