युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

गौतमबुद्ध विमानस्थललाई व्यस्त बनाउने तयारी, उडानमा छुट दिन ३ मन्त्रालयलाई पत्र

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानमा छुट र सेवा विस्तारको लागि ३ वटा मन्त्रालयलाई पत्र काटेको छ ।

मन्त्रालयले हवाइ इन्धनमा छुट, श्रम स्वीकृति तथा मेडिकल, भिसा सेन्टर खोल्न सहजीकरण गर्न पत्र काटेको हो । विदेशी वायुसेवा कम्पनील भैहवामा उडान गर्न छुट माग गर्दै आएका छन ।

भैरहवामा नियमित उडान गर्न जजिरा एयरलगायतका वायुसेवा कम्पनीले पनि इन्धनमा छुट माग गर्दै आएको छ । मन्त्रालयकी सहसचिव ईन्दु घिमिरेले विदेशी एयरलाइन्सले भैरहवामा उडान गर्न विभिन्न छुट माग गरेको यसमा प्रधानमन्त्रीले सहुलियतका प्याकेज ल्याउन निर्देशन दिएको बताईन ।

विमानस्थल सञ्चालनसंग जोडिने निकायलाई छुट तथा सेवा विस्तार गर्न पत्र काटेको उनको भनाई छ । भैरहवा विमानस्थल सञ्चालनमा आएको केही समय जजिरा एयरवेजले नियमित उडान गरे पनि यात्रु काठमाडौं आउने बाध्यताले नियमित गर्न सकेन ।

उड्ययन मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हवाइ इन्धनमा छुटको लागि पत्र काटेको छ । मन्त्रालयले आयल निगमलाई पत्र काटेर बोर्डबाट भैरहवा विमानस्थलको हवाइ इन्धनमा छुट दिन सक्नेछ ।

वैदेशिक रोजगारीमा जानेका लागि पछिल्लो समय श्रम स्वीकृति अनलाइनबाट हुने भए पनि मेडिकलको लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । श्रम तथा रोजगार मन्त्रालयलाई श्रम स्वीकृति र बायोमेट्रिकमा सहजीकरण गर्न आग्रह गरिएको छ ।

श्रम मन्त्रालयले नै मेनपावर कम्पनीको शाखा खोल्न सहजीकरण गर्नुपर्ने उड्ययन मन्त्रालयको भनाइ छ । भैरहवामा विमानस्थल भए पनि भिसा लगाउन काठमाडौं नै आउनुपर्ने बाध्यता छ ।

परराष्ट्र मन्त्रालयलाई काठमाडौंमा रहेका भिसा सेन्टरलाई भैरहवामा खोल्ने व्यवस्थाको लागि कूटनीतिक पहल गरिदिन पर्यटन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालय अन्तर्गतकै नागरिक उड्ययन प्राधिकरणलाई ग्राउन्ड ह्यान्डलिङ शुल्क, सेवाशुल्कमा निश्चित अवधिको लागि छुट दिने प्रस्ताव ल्याउन निर्देशन दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित