रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेन

बुटवल: बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्याग्रस्त भएको महिना बढी भयो।बचतकर्ताहरू आफूले जम्मा गरेको रकम लिन दिनहुँ सहकारी पुग्ने गर्छन्, तर अझै पाएका छैनन्।

गत कात्तिकदेखि सङ्कटमा परेको सुप्रिम सहकारीले बचतकर्ताको सानो रकमको चेक साट्न पनिसकिरहेको छैन। अहिले पनि दैनिक ५० भन्दा बढी शेयर सदस्य रकम झिक्न सहकारीमा पुग्ने गरे पनि रकमझिक्न पाएका छैनन्।

पहिले ब्याज बढी दिने भनेर रकम जम्मा गरियो। १८ लाखसम्मको कारोबार समेत सहकारीमा भयो। तरसहकारी सङ्कटमा पुगेपछि रकम पाउन अप्ठयारो भएको छ। पटक पटक गरी केही रकम लिए पनि सबैरकम अझै पाएको छैन्’, योगीकुटीका एक बचतकर्ताले नाम नभन्ने सर्तमा भने।

उनका अनुसार उनको लाखको चेक सटही हुन सकेको छैन। सहकारीमा पुग्दा भोलि भोलि भन्दै फर्काउनेगरेको ती सदस्यले बताए।

रुपन्देही कार्यक्षेत्र बनाएका केही सहकारी आर्थिक सङ्कटमा परेपछि अहिले बचतकर्ता समस्यामा परेकाछन्। ऋण प्रवाहमा भएको लापरबाहीले सहकारी सङ्कटमा पुग्दा बचतकर्ता दिनहुँ जम्मा गरेको रकम लिनसहकारीमा धाउनुपर्ने बाध्यता छ।

बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारीले अहिले ऋणीहरूको धमाधम लिलामीको सूचनानिकालेको छ। लिलामी गरेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने योजना बनाएको सहकारीले अहिलेलगानी गरेको ऋण लगानी उठाउन ऋणीलाई बारम्बार ताकेता गरिरहेको सहकारीले बताएको छ।

सहकारीका अध्यक्ष ओम गुरुङ पहिलेको तुलनामा सहकारी अहिले समस्याग्रस्त नभएको तर्क गर्छन्।अहिले बजारमा हामीले ताकेता गरेर दैनिक जसो /१० लाख रुपैयाँसम्म बचतकर्तालाई दिन थालेका छौँ।केही समयमै सहकारी सही ट्र्याकमै आउँछ’, उनले भने।

अध्यक्षका गुरुङका अनुसार अहिले पनि उठाउनुपर्ने ऋणबापतको रकम बजारमा ८० करोड छ। 

तिहारपछिको समयमा उठ्नुपर्ने रकम एक अर्ब १० करोड थियो। अहिले घटेको छ। यो पनि हामीले छिटोउठाउने गरी लागेका छौँ। कालोसूचीमा राखेका ऋणीहरूले पनि छिटै रकम बुझाउने भन्नुभएको छ। त्यसैलेसहकारीले सबैको पैसा समयमै फिर्ता दिनेछ। यसमा ढुक्क भए हुन्छ’,  उनले भने।

रुपन्देही कार्यक्षेत्र बनाएका केही सहकारी आर्थिक सङ्कटमा परेपछि अहिले बचतकर्ता समस्यामा परेकाछन्। ऋण प्रवाहमा भएको लापरबाहीले सहकारी सङ्कटमा पुग्दा बचतकर्ता दिनहुँ जम्मा गरेको रकम लिनसहकारीमा धाउनुपर्ने बाध्यता छ।

पैसा दिने तालिका बनेपनि पाएका छैनन बचतकर्ताले पैसा
सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न तालिका नै बनाएको छ। तालिकाअनुसार बचत रकमझिक्न पुगेका बचतकर्ताले पनि पैसा सहकारीबाट झिक्न पाएका छैनन्। 

सहकारीले पुस १७ गते सूचना प्रकाशित गर्दै रकम दिने बारसहितको सूचना प्रकाशित गरेको छ।सूचनाअनुसार पाँच लाखसम्म जम्मा गरेका ५० जनासम्म बचतकर्तालाई आइतबार पाँच हजारका दरलेरकम दिइने छ।

पाँच लाखदेखि १५ लाखसम्म जम्मा गरेका २६ जनासम्म बचतकर्तालाई सात हजार पाँच सयका दरलेसोमबार रकम दिइने छ। 

यस्तै १५ देखि ५० लाखसम्म बचत गर्ने २० जनासम्म बचतकर्तालाई १० हजारका दरले बुधबार रकम दिइनेछ।

५० लाखमाथि बचत गर्ने १० जनासम्मलाई २० हजारका दरले बिहीबार रकम दिने सूचनामा उल्लेख छ। 

तर, यो सूचनाअनुसार रकम नपाएको बचतकर्ताको गुनासो छ।

नियमनकारी निकाय भन्छलिखित उजुरी परेको छैन
रुपन्देही, कपिलवस्तुमा ५० जनाभन्दा बढी सङ्कलक लगाएर रकम सङ्कलन गर्ने सुप्रिम सहकारीलेबिनाधितो ऋण लगानी गर्दा समस्यामा परेको हो।

सहकारीको नियमन प्रदेश स्थानीय सरकारले गर्छन्। तर सहकारीको पछिल्लो अवस्थाका विषयमा यीदुवै निकाय बेखबर छन्। यी निकाय मौन हुँदा यस्ता सहकारीको आत्मबल झन् बढिरहेको छ।

फितलो नियमनको फाइदा उठाउँदै सहकारीका ठूला लगानीकर्ताबाट साधारण सदस्यको बचत अपचलनभएको छ। सहकारीको बचत आफ्ना सदस्यबाहेक अन्यमा ऋण प्रवाह हुँदैन। तर, सहकारीले पछिल्लासमय ग्रामिण क्षेत्रमा शाखा खोली रकम सङ्कलन गर्ने शहरी क्षेत्रका गैरसदस्यलाई लगानी गर्ने गरेकाछन्।

जिल्लाबाहिर समेत कारोबार गर्ने यो सहकारीलाई नियमन गर्ने प्रदेश माताहतको सहकारी मन्त्रालय हो। तर, नियमनकारी निकाय प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले भने सहकारीबारे अहिलेसम्म लिखितउजुरी नआएको भन्दै गैरजिम्मेवार जवाफ दिइरहेको छ।

प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालय दाङका रजिष्ट्रार भीमप्रसादतिवारीले अहिलेसम्म सहकारीबाट पीडित बनेको भन्दै कसैको पनि उजुरी नआएकोबताए। मौखिक रूपमा सुप्रिम, आगन्तुक सहकारीका गुनासा आए पनि लिखितगुनासो नआएको उनको भनाइ छ।

उनले सबैतिर एकै पटक आर्थिक सङ्कट पर्दा त्यसमा सहकारी समेत परेको बताए।

लिखित रूपमा केही आएको छैन। तर पनि हाम्रो ध्यान गएको छ। हामीले यस्तै समस्याग्रस्त सहकारी रहेकाबर्दियाका केही सहकारीमा अनुगमन गरेका छौँ। हामीले बुटवलमा पनि अनुगमन गर्ने योजना बनाएका छौँरजिष्ट्रार तिवारीले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार