बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

चलचित्र निलो फुलको प्रीमियर बुटवलमा

बुटवल । यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको प्रतिनिधित्वको बारेमा तयार पारिएको नेपाली चलचित्र निलो फुलको प्रीमियर बुटवलमा सम्पन्न भएको छ।
बुटवलमा रहेको सिंह कम्प्लेक्समा रहेको भ्यु सिनेमामा बुधबार चलचित्रको प्रीमियर सम्पन्न भएको हो।
अमेरिकी राजदुतावासको आर्थिक सहयोगमा प्रीमियर भएको निर्माता एव निर्देशक सुनिल बाबू पन्तले जानकारी दिए।
१३ लाख लगानीमा बनेको ३८ मिनेटको लामो चलचित्रमा सागर घिमिरे एक समलिङ्गी पुरुषको भुमिका प्रस्तुत गरेका थिए।
चलचित्रमा समलिङ्गी पुरुषलाई जवरजस्ती बिवाह गरिदिदा बच्चा नजन्मिएकाले महिलाले भोग्नु परेको पीडा र त्यसको अन्त्यको लागि भएको घटनालाई समावेस गरिएको छ।
प्रीमियर संगै चलचित्रको बारेमा छलफल भएको थियो। छलफलमा बोल्दै चलचित्र निर्माता एव निर्देशक सुनिलबाबु पन्तले चलचित्रको कथा वास्तविक जिवनमा आधारित रहेको बताए। उनले यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायका ब्यक्तिहरुमाथी भएका मानव अधिकारक हननका घटना बाहिर ल्याउने उद्देश्यले चलचित्र निर्माण भएको बताए ।

 

चलचित्रका मुख्य पात्र सागर घिमिरेले यस चलचित्रमा समलिङ्गी पुरुसलाइ परेको पीडा र बायोसेक्सुअल ब्यक्तीको घटनालाइ प्रस्तुत गरिएको बताए।
कार्यक्रममा अधिकारकर्मी बिनोद पहाडी,नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेल, महिला तथा बालबालिका मन्त्रालय लुम्बिनी प्रदेशका  महाशाखा प्रमुख सारदा बस्याल , महिला अधिकारकर्मी ज्ञानु पौडेल, तेस्रोलिङी महिला आनिक राना लगायतले बोलेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार