भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

चलचित्र निलो फुलको प्रीमियर बुटवलमा

बुटवल । यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको प्रतिनिधित्वको बारेमा तयार पारिएको नेपाली चलचित्र निलो फुलको प्रीमियर बुटवलमा सम्पन्न भएको छ।
बुटवलमा रहेको सिंह कम्प्लेक्समा रहेको भ्यु सिनेमामा बुधबार चलचित्रको प्रीमियर सम्पन्न भएको हो।
अमेरिकी राजदुतावासको आर्थिक सहयोगमा प्रीमियर भएको निर्माता एव निर्देशक सुनिल बाबू पन्तले जानकारी दिए।
१३ लाख लगानीमा बनेको ३८ मिनेटको लामो चलचित्रमा सागर घिमिरे एक समलिङ्गी पुरुषको भुमिका प्रस्तुत गरेका थिए।
चलचित्रमा समलिङ्गी पुरुषलाई जवरजस्ती बिवाह गरिदिदा बच्चा नजन्मिएकाले महिलाले भोग्नु परेको पीडा र त्यसको अन्त्यको लागि भएको घटनालाई समावेस गरिएको छ।
प्रीमियर संगै चलचित्रको बारेमा छलफल भएको थियो। छलफलमा बोल्दै चलचित्र निर्माता एव निर्देशक सुनिलबाबु पन्तले चलचित्रको कथा वास्तविक जिवनमा आधारित रहेको बताए। उनले यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायका ब्यक्तिहरुमाथी भएका मानव अधिकारक हननका घटना बाहिर ल्याउने उद्देश्यले चलचित्र निर्माण भएको बताए ।

 

चलचित्रका मुख्य पात्र सागर घिमिरेले यस चलचित्रमा समलिङ्गी पुरुसलाइ परेको पीडा र बायोसेक्सुअल ब्यक्तीको घटनालाइ प्रस्तुत गरिएको बताए।
कार्यक्रममा अधिकारकर्मी बिनोद पहाडी,नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेल, महिला तथा बालबालिका मन्त्रालय लुम्बिनी प्रदेशका  महाशाखा प्रमुख सारदा बस्याल , महिला अधिकारकर्मी ज्ञानु पौडेल, तेस्रोलिङी महिला आनिक राना लगायतले बोलेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित