प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

कुँवरवर्तीमा चौथो उपमेयर कप खुल्ला महिला भलिबल सुरू

रुपन्देहीको तिलोत्तमा–८ स्थित कुंवरवर्ती बोर्डिङमा चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता शुरू भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले बिहीबार उद्घाटन गरिन् ।

सो अवसरमा बोल्दै उपप्रमुख चौधरीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले काम गर्दै आएको बताइन् । महिला भलिबल प्रतियोगिताले महिला खेल विकासमा टेवा पुग्ने बताउँदै उनले खेलाडीको प्रोत्साहनका लागि खेलप्रेमी नगरवासीहरुलाई उत्साह बढाउनुपर्नेमा जोड दिइन ।
माघ १४ गतेसम्म चल्ने प्रतियोगितामा विद्यालय, क्लब र संघसंस्थाबाट समेत गरी ९ वटा महिला टिमको सहभागिता रहेको विद्यालयका प्राचार्य दीपक खनालले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलको पहिलो दिन बिहीबार लिग चरणका ५ वटा खेल सम्पन्न भएका छन् । जनता मावि र ज्योति जागृति आमा समूहबीच भएको पहिलो खेलमा जनाता मावि विजयी भएको छ ।
त्यस्तै कुँवरवर्ती बोर्डिङ स्कूल र नवज्योति बोर्डिङ स्कूलबीच भएको खेलमा कुँवरवर्तीले जित निकाल्यो ।

एभरेष्ट बोर्डिङ स्कूल र सेन्ट जोसेफबीच भएको तेस्रो खेलमा एभरेष्ट विजयी हुन सफल भयो । त्यस्तैगरी होराइजन मावि र देवदह बोर्डिङ स्कूलबीच भएको खेलमा होराइजन विजयी भएको छ । त्यस्तैगरी हिलवर्ट स्कूल कपिलवस्तु र ज्योति जागृति आमा समूहबीच भएको अन्तिम खेलमा हिलबर्ट विजयी भएको छ । प्रतियोगितामा १४ वटा खेल हुनेछन ।

उद्घाटन समारोहमा वडा नं ८ का अध्यक्ष कृष्ण पौडेल,तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य,विद्यालय सञ्चालक समिति अध्यक्ष लक्ष्मण खनाल लगायतका अतिथिहरुले कुंवरवर्ती बोर्डिङ स्कुलले शैक्षिक संगै खेलकुदका गतिविधिमार्फत विद्यार्थीको सर्वाङगीण विकासमा योगदान गरेको बताए । यसअघिका तीन वटा संस्करणको उपाधि कुंवरवर्तीले जितेर शिल्ड कब्जा गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित