युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

‘फूलबारी’मा आमाबुवा–छोराछोरीबीच दूरीको कथा (भिडिओ)

नेपाली फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ। रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ। बूढेसकालमा आमाबुवाप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छन् भनेर फिल्ममा देखाउन खोजिएको छ।

४ मिनेट ९ सेकेन्डको ट्रेलरले नेपाली समाजको कहालीलाग्दो पाटोमा एउटा सुखी घर असमझदारीले कसरी उजाडिन्छ भन्ने कथा प्रस्तुत गरिएको छ। दाम्पत्य जीवनमा प्रेम कति महत्त्वपूर्ण रहन्छ भन्ने सन्देशसमेत फिल्मको ट्रेलरले दिन खोजेको देखिन्छ।

अभिभावक र सन्तानबीचको सम्बन्धको गहिरिएर देखाउन खोजिएको सार्वजनिक ट्रेलर हेर्दा प्रियंका कार्की छुच्ची बुहारीको भूमिकामा छिन्। छोराछोरी सक्षम भएपछि पराया हुने संकटको कथा हो – ‘फूलबारी’को ट्रेलरले भन्न खोजेको कथा।

फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलगायत कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन्।

फागुन ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘फूलबारी’ यशोधा फिल्मस्‌ले निर्माण गरेको हो। फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फिल्ममा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत सुन्न सकिन्छ।

अमेरिकी छायाकार जोस हेरमले खिचेका फिल्ममा मनिष ढकालले लगानी गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित