भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

पछि हटे सिडिओ, भैरहवाको जेल रेस्टुरेन्ट भोलिदेखि खुल्ने

जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा रहेको जेल रेस्टुरेन्ट बन्द गर्ने निर्णयबाट पछि हटेको छ।

आज बिहान प्रशासन कार्यालयले बोलाएर रेस्टुरेन्ट खोल्न अनुमति दिएको सञ्चालक दिपु जैसवालले जानकारी दिए।

‘आज बिहान सहायक सिडिओ सरले बोलाउनुभएको थियो। पछि गएर सिडिओ सरले हामीले सञ्चालनमा रोक लगाएको छैन, घरेलु उद्योगसँग गएर समन्वय गर्नुस् भनेर भन्नुभयो,’ जैसवालले भने।

गत सोमबार सिडिओसहितको अनुगमन टोलीले देवकोटा चोकमा रहेको उक्त रेस्टुरेन्ट बन्द गरिदिएको थियो। रेस्टुरेन्टको ढाँचा जेल जस्तो रहेको र त्यहाँ प्रयोग भएका सामग्री सुरक्षा निकायले प्रयोग गर्ने खालको रहेको र सोबारे अनुसन्धान गर्नुपर्ने भन्दै रेस्टुरेन्ट प्रशासनले रेस्टुरेन्ट बन्द गरिदिएको थियो।

तर प्रशासन कार्यालयले जिकिर गरेको ती रेस्टुरेन्टमा प्रयोग गरिएका सामग्री मात्र खेलौना रहेको र मनोरञ्जनका लागि प्रयोग गरिएको सञ्चालक जैसवाल बताउँछन्। उनले रेस्टुरेन्टमा प्रयोग गरिएको बन्दुक मेलाहरूमा बेलुनमा हान्ने खेलौना बन्दुक रहेको बताए।

प्रशासनले निर्णय फिर्ता लिएसँगै भोलिदेखि रेस्टुरेन्ट खुल्ने जैसवालले जनाए।

‘अस्तिसम्म त सिडिओ सरले आफैं राेक्नुभयो तर आज सञ्चालन गर्न सक्नुहुन्छ भनेर भन्नुभयो। घरेलुले पनि हामीले रोकेको छैनौं भन्नुभयो। अब भोलिदेखि रेस्टुरेन्ट खोल्छौं,’ उनले भने।

तर रेस्टुरेन्टको नाम पनि परिवर्तन गर्न भनिएकोमा त्यसमा आफूहरू तयार नभएको उनको भनाइ छ। आजै मात्र घरेलु तथा साना उद्योगले रेस्टुरेन्टको नाम परिवर्तन गर्न चिठ्ठी दिएको उल्लेख गर्दै जैसवालले भने, ‘नाम परिवर्तन गर्यो भने त हामीले त्यत्रो लगानी गरेको मतलब भएन नि! रेस्टुरेन्ट त्यहीँ नामले गर्दा चिनिएको र चलेको हुँदा हामीहरू नाम हटाउँदैनौं।’

उनले सुरूमा रेस्टुरेन्ट दर्ता गर्दा पनि सोही नाममा दर्ता गरिएको भन्दै नाम नहट्ने जनाए। बाँकी खेलौना हतकडी, बन्दुक र डोरीहरू भने हटाउने उनले बताए।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले पनि अब यो विषय घरेलु तथा साना उद्योगले हेर्ने जनाएका छन्।

हिजोको कुराकानीमा आफूहरू अनुसन्धान नसकी रेस्टुरेन्ट खोल्न नदिने बताएका सिडिओ पाण्डेले आज भने यो विषयको टुंगो अब घरेलुले हेर्ने जनाए।

‘यो रोक लगाउने वा नलगाउने विषय हैन। अब घरेलुले यसको मापदण्ड हेरेर टुंगो लगाउँछ,’ उनले भने।

देवकोटा चोकमा रहेको यो रेस्टुरेन्ट विष्णु पौडेल र दीप जैसवाल नामका दुई जना युवाहरूले सञ्चालनमा ल्याएका थिए। १२ जनालाई रोजगारी प्रदान गरेको र लगानी पनि ठूलो रहेको उल्लेख गर्दै यो घटनाले आफूहरूलाई मानसिक तनाव दिएको उनीहरू बताउँछन्।

जैसवालले आफूले भारत घुमघामको क्रममा यस्ता रेस्टुरेन्टहरू देखेकाले नेपालमा पनि नयाँ प्रयोग हुने ठानेर साथी विष्णुसँगको साझेदारीमा जेल रेस्टुरेन्ट खोलेको जनाए। यसअघि हार्डवेयर पसल गरेको सुनाउँदै उनले त्यसबाट आफू घाटामा गएकाले रेस्टुरेन्टमा लगानी गरेको सुनाए।

अर्का पाण्डेले पनि आफू यसअघि फर्निचर व्यवसायमा रहेको तर अहिले भने पूरै समय रेस्टुरेन्टमा दिएको बताए।

जेल थिमका यी रेस्टुरेन्ट नेपालमा पहिलोपटक खोलिएपनि यस्ता खालका रेस्टुरेन्ट संसारभरि नै छन्। अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफिक्रादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुरेन्टहरू खुलिसकेका छन्। भारतमा भने यस्ता रेस्टुरेन्टहरू धेरै ठाउँमा छन्। जैसवालले पनि आफूले भारतमै पहिलोपटक यस्तो रेस्टुरेन्ट देखेर नेपालमा भित्र्याएको बताउँछन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित