भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

पहाडका विमानस्थल चल्ने सक्ने आधार के ?

शिक्षा, स्वास्थ्य र रोजगारीको कारण पछिल्लो समय पहाडबाट तराई तर्फ बसाई सराई गर्ने क्रम तिब्र छ ।

सुःख खोज्दै पहाडबाट तराई आउनेहरु क्रमश बढ्दा पहाडका गाउ रित्तिन थालेका छन् ।

पहाडका गाउं रित्तिदै गइरहेपनि पहाडी जिल्लामा विमानस्थल बनाउने होड भने चलेको छ ।

राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थका लागि कुनै योजना विना विमानस्थल बनाउने चर्का नारा लगाउने र आफु निर्वाचित भएपछि स्वार्थ पुर्ति गर्न विमानस्थल बनाउने कार्यले पहाडमा बनिरहेका विमानस्थल आवश्यकता र राजनीतिक स्वार्थ भन्ने प्रश्न उठ्न थालेको छ ।

निर्माण शुरू भएको झण्डै १७ वर्षपछि गत पुस अन्तिम हप्ता गुल्मीको सिमीचौरस्थित रेसुङगा विमानस्थलमा परिक्षण उडान भएको छ । तर यो विमानस्थलबाट नियमित उडान हुनेमा भने शंका छ ।

किनकी विमानस्थल हुंदै काठमाडौं पुग्ने जमात कम हुंदा विमानस्थल सञ्चालनको खर्च समेत नउठ्ने पनि हुन सक्छ ।

दाङमा पनि विमानस्थल छ । ७ अर्ब रूपैयांभन्दा बढी खर्चेर बनेको दाङको टरीगाउं विमानस्थल नियमित सञ्चालनमा छैन । २०१० सालमै पहिलो जहाज अवतरण गरेपछि अहिले त्यहांबाट उडान हुन सकेको छैन् ।

नेपाल आयल निगम टरीगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाई इन्धन रिफ्युलर सेन्टर सञ्चालनमा आएको छ । अर्घाखांचीको अर्घा भगवती विमानस्थल पनि निर्माणको क्रममा छ ।

अहिलेसम्म ३० करोडभन्दा बढी लगानी भइसकेको विमानस्थल आवश्यकता हो वा राजनीतिक स्वार्थ केही बुझ्न सकिएको छैन् ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णकुमार श्रेष्ठ विमानस्थल चल्ने नसक्ने बताए ।

उनले गुल्मी विमानस्थल, अर्घाखांची, प्यूठानमा विमानस्थल बनाएर नचल्ने बरु सडकको स्तरउन्नतीमा राजनीतिक दलले ध्यान दिनुपर्ने बताए । । प्युठानको स्वर्गद्वारी नगरपालिका–८ सल्लेटारमा स्वर्गद्वारी विमानस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । १२ जिल्ला रहेको लुम्बिनीमा २ वटा विमानस्थल मात्र व्यवस्थित रूपमा चलेका छन ।

नेपालगञ्ज विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलेका छन । पछिल्लो समय पाल्पा, रोल्पा र रुकुमपूर्वमा पनि विमानस्थल बनाउने कुरा बेलाबेला चर्चामा आउने गर्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित