अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

रुपन्देहीका उद्योगमा नौ घण्टा ‘अघोषित लोडसेडिङ’

विद्युक्त प्राधिकरणले विद्युत अभावको कारण देखाउँदै दश दिन अघिदेखि धेरै बिद्युत खपत गर्ने उद्योगलाई बिहान र साँझ गरि दैनिक ९ घण्टासम्म उद्योग परिसरमा सामान्य बत्ति बाहेक उद्योग संचालन नगर्न निर्देशन दियो । त्यति मात्र होईन निर्देशनको उलंघन गरेमा उद्योगको लाइन समेत काट्ने चेतावनी दियो । उद्योगीलाई यसरी निर्देशन दिएको प्राधिकरणले उद्योगहरुलाई लिखित पत्रचार भने गरेको छैन् ।
९ घण्टा सम्म उद्योगमा विद्युक्त उत्पादन नचलाउन निर्देशन दिएपछि अहिले रुपन्देहीका ठुला उद्योगहरुले उत्पादनमा कटौती गर्न थालेका छन् । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगले दैनिक बिहान ५ घण्टा र साँझ ५ घण्टा उत्पादन बन्द गर्दै आएको छ । विद्युक्तकै कारण उद्योगको उत्पादनमा कटौती गर्नुपरेको अर्घाखाँची सिमेन्टका डेपुटी म्यानेजर कृष्ण पाण्डेले बताए ।
उनका अनुसार प्रोसेसिङ्ग ईन्ड्रसिज प्लाण्ट २४ संै घण्टा सञ्चालन गर्नु पर्ने भएपनि बिच बिचमा विद्युत जादाँ प्लान्टलाई सुरुदेखि सञ्चालन गर्न समय लाग्ने र प्लाण्ट १४०० देखि १५०० डिग्रीसम्म तात्नुपर्ने हुन्छ । यसले गर्दा उद्योगमा आर्थिक भार थप्नुको साथै उत्पादित बस्तुको गुणस्तरमा समेत कमी आउने हुँदा कम उत्पादन गर्दै आएको उनको भनाई छ ।
उत्पादित बस्तुको बिक्रीमा भारी मात्रामा गिरावट, आर्थिक मन्दी र बैंकको उच्च व्याजदरका कारण धरासायीमा परेका भैरहवा क्षेत्रका ठूला उद्योग नेपाल बिद्युत प्राधिकरणद्वारा लागु गरिएको अघोषित लोडसेडिङले फेरि मारमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्राधिकरणले उद्योग संचालन नगर्न भनेर निर्देशन दिएको समय भन्दा अगाडि नै अर्थात उद्योग संचालन गर्न दिइएको समयमा पनि बिद्युत अवरुद्ध हुने गरेको छ । बजारमा माग नभएपछि यतिबेला दैनिक आठ–दश घण्टामात्र सिमेन्ट उद्योग चल्ने गरेका छन् । अघोषित लोडसेडिङबाट यस क्षेत्रका स्टिल, सिमेन्ट, आल्मुनियम, खाद्यान्न, औषधि उद्योग बढी प्रभावित भएका छन । लोडसेडिङका कारण उत्पादन लागत महंगो पर्न थालेको जगदम्बा सेन्टेष्ट्रिप प्रा.लिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले बताए ।
सिमेन्ट उद्योग मात्र होइन रुपन्देहीमा रहेका अरु ठुला उद्योगहरुलाई केही दिनदेखि विद्युत प्राधिकरणले बिहान ७ देखि ११ र बेलुका ५ देखि १० बजेसम्म विद्युत प्रयोग नगर्न भनेको छ । यसले गर्दा कतिपय उद्योगहरुले उत्पादन नै बन्द गरेका छन । हिटिङ्ग लाईन सिष्टमबाट सञ्चालनमा आउँने उद्योगहरुलाई निरन्तर विद्युतको आपुर्ति चाहिने हुँदा केही दिनदेखि उद्योगहरुले उत्पादन नै बन्द गरेका छन ।
यी क्षेत्रमा बढी विद्युत खपत गर्ने सिमेन्ट, स्टिललगायत ठूला उद्योग छन । ती उद्योगमा डिजेल जेनेरेटरबाट उद्योग सञ्चालन असम्भव रहेको उद्योगीहरु बताउँछन । कोरोना र आर्थिक मन्दीले प्रभाव परेको उद्योग क्षेत्र फेरि अघोषित लोडसेडिङ्ग खेप्नु परेको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले बताए ।
सरकारले विद्युत धेरै विद्युत खपत गर्ने उद्योगलाई अनुदानको घोषणा गरेपनि ब्यवहारिक रुपमा उद्योगलाई प्रायप्त मात्रमा विद्युत आपर्ति गर्न नसकेको उद्योगीको भनाई छ । प्राधिकरणले १ हजार केभिए भन्दा धेरै बिद्युत खपत गर्ने उद्योगलाई बिहान ७ देखि ११ बजेसम्म र साँझ ५ देखि १० बजेसम्म बत्ति बाहेक उद्योगका प्लान्ट नचलाउन मौखिक निर्देशन संगै यहांका अधिकांश उद्योगले उत्पादनमा कटौती गर्दै आएका छन ।
त्यसमाथी उत्पादित बस्तुको मागमा कमी, सरकारको आर्थिक नीति, कच्चा पदार्थको अभाव, आर्थिक मन्दी र बैंकको उच्च व्याजका कारण यस क्षेत्रका केही उद्योग बन्द अवस्थामा छन । नेपाल बिद्युत प्राधिकरण भैरहवा बितरण केन्द्रका अनुसार, १ हजार केभिए भन्दा धेरै बिद्युत खपत गर्ने भैरहवा क्षेत्रका दुई दर्जन भन्दा धेरै ठूला उद्योगलाई तोकिएको समयमा उद्योग संचालन नगर्न मौखिक आग्रह गरिएको प्राधिकरणको भैरहवा बितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले बताएपनि लोडसेडिङ भने नगरिएको बताए ।
भैरहवा क्षेत्रमा ९५ मेगावट विद्युत आपुर्ति हुनेमा ठुला उद्योगले मात्र ४५ मेगावाट विद्युत खपत गर्दै आएका छन । विद्युत भार ब्यवस्थापनको लागि भन्दै प्राधिकरणले बढि विद्युत खपत गर्ने उद्योगलाई केही समयको लागि मात्र अनुरोध गरेको उनको भनाई छ ।
‘लोडसेडिङ् होईन विद्युत भार ब्यवस्थापनको लागि भन्दै बढि विद्युत खपत गर्ने उद्योगलाई केही समयको लागि विजुलीको प्रयोग नगर्नको लागि मात्र आग्रह गरेका हौं ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार