रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

बुटवलको डेल्टा कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा, ४५ करोड बढिको क्षति

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ करिब साढे ६ बजेबाट लागेको आगलागी नियन्त्रणमा आएकाे छ ।

करीब ४ घण्टाको अथक प्रयास पछि बुटवल उपमहानगरपालिकाका २ दमकल, छिमेकी पालिकाहरू  सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह, रामग्राम, बाणगँगा, ओमसतिया तथा नेपाल आयल निगम र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थल सहित १२ वटा दमकल, सुरक्षा अधिकारीहरू, स्वयमसेवकहरू उपस्थित स्थानीयको सक्रियतामातामा आगलागी नियन्त्रणमा लिईएको हो।

कम्प्लेक्सका सबै तलामा करोडौंका समान भएको र सबै जलेकाले क्षतिको विवरण निकाल्न समय लाग्ने र विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।

डेल्टा कम्प्लेसको चौथो तल्लाबाट लागेको आगो पछि सबै तलामा सरेको थियो । बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा निभाउने प्रयास भएपनि निकै समय लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आइरहेको छ । आगलागी खेलकुदका सामाग्री रहेको चौथो तलाबाट सुरू भएको संचालक घनश्याम पाठकले बताए ।

घना बस्तीको बीचमा र त्यसको नजिकै रहेको पेट्रोल पम्पले धेरै स्थानीयलाई त्रसित बनाएको थियो । पछिल्लो समय गौतम बुद्ध विमानस्थलको दमकल आएपछि आगो निभाउन सहज भएको प्रहरीले जनाएको छ । स्टिल स्टक्चरमा बनेको भवन भएकाले पनि धेरै क्षति भएको आंकलन स्थानीयले गरेका छन् ।

अगलागी बाट सबै गरैर ४५ करोड बढिको नोक्सानी हुन गएको डेल्टा कमप्लेक्सका संचालक तथा नेपाल फुटवेयर म्यानुफ्याक्चरर एसोसीएसनका केन्द्रीय सदस्य चोला प्रसाद पाठकले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित