तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दाङमा एमाले महासचिव शंकर पोखरेललाई चुनावमा हराएकी रेखा शर्मा बनिन् सञ्चारमन्त्री

नेपाली कांग्रेस समेत रहेको तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी शर्मा दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। उनीले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी थिइन्। शर्माले २६ हजार ८७७ मत र पोखरेलले २६ हजार ६८१ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रको स्थायी कमिटी सदस्य उनी माओवादी केन्द्रबाट प्रत्यक्षमा जित्ने एक्ली महिला हुन्।

दाङको घोराही उपमहानगरपालिका-१८, मसिनाका गिरिराज शर्मा र पार्वती शर्मा पौड्यालका छोरी शर्माको जन्म २०२६ असोज ९ गते भएको हो। उनले विद्यार्थी जीवनमा २०४२ देखि राजनीतिक यात्रा शुरू गरेकी हुन्। अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की दाङ अध्यक्ष, २०५० मा सोही संगठनकी केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेकी छन्।

महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तहसम्म अध्ययन गरेकी शर्मा २०५१ मा तत्कालीन नेकपा माओवादीको युवा संगठन वाईसीएलको केन्द्रीय सदस्य, २०५३ सालदेखि २०५७ सालसम्म माओवादीको महिला संगठन अनेम संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्षको जिम्मवारीमा रहेर काम गरिन्। 

२०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र काठमाडौं उपत्यकाका उपब्यूरोको प्रमुख भएर काम गरेकी शर्माले दाइजो प्रथा, महिला हिंसा विरुद्ध आवाज उठाउँदै आएकी छन्। 

नेकपा माओवादीबाट भूमिगत राजनीति गरिरहेका वेला शर्मा २०५८ चैतमा काठमाडौंको चाबहिलबाट पक्राउ परेकी थिइन्। पक्राउपछि तत्कालीन शाही नेपाली सेनाबाट यातना भोगेकी थिइन्। २०५९ चैत ३१ गते सरकार र माओवादीबीच वार्ता शुरू भएपछि उनी रिहा भएकी थिइन्। उनी पटक पटक जेलमा परेकी थिइन्।

जेलबाट छुटेपछि पनि शर्माको राजनीतिक यात्रा सहज भएन। जेलमा आत्मसमर्पण गरेको आरोप लगाउँदै पार्टीले निष्कासन गर्‍यो। तर, केही महीनापछि पार्टीले कारबाही फुकुवा गर्यो। उनी पार्टीको काममा सक्रिय भइन्।

पार्टीमा गरेको योगदानका कारण २०७० र २०७४ मा समानुपातिकबाट प्रतिनिधि सभा सदस्य भइन्। पार्टी अध्यक्ष पुष्षकमल दाहालकी विश्वासपात्र शर्मा २०७० को संविधानसभा सदस्य भएको वेला पार्टीकी प्रमुख सचेतक र २०७२ मा सामान्य प्रशासन मन्त्री समेत बनेकी थिइन्। उनले संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सदस्यको जिम्मेवारी पनि निर्वाह गरेकी छन्।

शर्मा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री कृष्णध्वज खड्काकी श्रीमती हुन्। उनको स्थायी घर प्यूठान हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित