जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

श्रीमती र छाेरी भेटेर पाेखरा उडेका थिए डा. गणेश, विमान दुर्घटनाले बुचा परिवारमा बज्रपात

बुटवल : तिलोत्तमा नगरपालिका–४ डिंगरनगरका पदमबहादुर बुचा छोराछोरीलाई अध्ययन गराउने र परिवारलाई सुखमा राख्ने भन्दै रोजगारीको लागि जर्मन गए।

जर्मनमा उनले केही धन कमाए। त्यहि धनले छोराछोरीले अध्ययन गरे। जीवन सजिलोसँगै चल्दै थियो।

अध्ययनमा अब्बल पदमका एक मात्र छोरा गणेश थापा चिकित्सा अध्ययन गर्न चाहन्थे। छोराको चाहनाअनुसार चिकित्सा शिक्षा अध्ययन गराउनकै लागि पदम जर्मन पुगे। गणेश आफूले रोजेको विषय अध्ययनमा लागे।

डिंगरनगरमा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसी सम्म अध्ययन गरेर बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु अध्ययन मात्र गरेनन् उत्कृष्ट अंक ल्याएर सरकारी छात्रवृत्तिमा चीनमा चिकित्सा शास्त्र अध्ययन गरे अनि डाक्टर बने।

रोजेको विषय पढेका गणेशको सपना पूरा भयो नै बुवा पदमले पनि छोरा गणेशमा सुनौला ‘सपना’ देखे। छोरा डाक्टर भएपछि उनी जर्मन छाडेर नेपाल आए।

३६ वर्षीय गणेश चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन गरेपछि अस्ट्रेलियाबाट एमपीएच अध्ययन गरे।

त्यसपछि नेपाल आएका उनले केहि वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरे। उनी पछिल्ला केहि वर्षयता पोखरास्थित ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत थिए।

त्यहाँ कार्यरत गणेशको आइतबार भएको यती विमान दुर्घटनामा परी मृत्यु भयो। एक्लो छोरा गुमाएका बुवा पदम विक्षिप्त बनेका छन्। अहिले तिलोत्तमा डिंगनगर शोकमा डुबेको छ भने परिवारमा बज्रपात परेको छ।

उनकी श्रीमती रोनी महर्जन र दुई वर्षीया छोरी काठमाडौंमा बस्छन्। रोनी पनि चिकित्सक हुन्। गणेश पोखरा, श्रीमती र छोरी काठमाडौं र बुवाआमा डिंगरनगरमा बस्दै आएका थिए। उनी श्रीमती र छाेरी भेटेर आइतबार पाेखरा उडेका थिए।

आइतबार छोराको विमान दुर्घटनामा परेको खबर थाहा पाएपछि आमा सूर्यकुमारी बुचाका आँखामा आँशुका बगिरहेका छन्।

‘आमा रुनुभएको छ। सम्झाउँदा पनि आशु थाम्न सक्नुभएको छैन। बुवाको हालत पनि उस्तै छ। पत्याउनै सक्नुभएको छैन’, गणेशकी बहिनी नाता पर्ने यशोदाले थापाले भनिन्।

अहिले बुचा परिवार छिमेकी जहरसिंह रानाको साथमा छोराको शव बुझ्न काठमाडौं पुगेका छन्। मृतक गणेशको शव तिलोत्तमा ल्याउने बताइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित