रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

बादल र बुटवलको लुकामारी (फोटो फिचर)

बुटवल बजारबाट करिब १० किलोमिटर टाढा पाल्पा जिल्लामा पर्ने नुवाकोट, बुटवलको उखरमाउलो गर्मी तथा मुटु नै कमाउने जाडो छल्ने सबैभन्दा नजिकको र सबैभन्दा उत्तम थलो हो भन्दा फरक नपर्ला ।

बुटवलको टन्टलापुरे गर्मीमा चिसो बतास मात्र नभई बाक्लो हस्सुमा रुमलिएको फुसफुसे पानी अनि महिनौँ घाम नदेख्दाको मुटु कमाउने जाडोमा पनि पारिलो घामले सेक्ने ठाउँ हो नुवाकोट ।

करिब १५० मिटर उचाइमा रहेको बुटवलको मौसम सारथिको रुपमा समुन्द्री सतहबाट करिब ९०० मिटरको उचाइमा रहेको नुवाकोट पुगेर बुटवल बजारको मनमोहक दृश्य देख्न सकिन्छ ।

बुटवलको शान्ति चोक (बेलबास र झोलुङ्गे पुलको बीच) बाट गाडी तथा बाइकमा करिब २५ मिनेटको उकालोमा सजिलै नुवाकोट पुग्न सकिन्छ । बाटो पूर्णरुपमा ग्राभेल गरिसकेकाले जुनसुकै मौसममा यहाँ जान सकिन्छ।

बास बस्न तथा खानको लागि प्रशस्त मात्रामा होटल रेस्टुरेन्टको व्यवस्था रहेको छ । माथि नुवाकोट पुग्न समय नहुनेहरु बुटवलबाट करिब दुई किलोमिटर माथि सम्ममात्र जाँदा पनि बुटवल भ्यु प्वाइन्ट पुग्न सकिन्छ र त्यहाँबाट बुटवलको पानारोमिक दृश्य देख्न सकिन्छ ।

यस यात्रामा बँदेलपोखरीको सेकुवा र नुवाकोटको लोकल परिकारहरु पनि छुटाउनै नहुने कुरा हुन् । बुटवलबाट उकालो लाग्नासाथ सम्पूर्ण यात्राभर बुटवलको फरक फरक रुप देख्न सकिने र छोटो समयमा यात्रा सम्पन्न गर्न सकिने हुनाले पनि यो बुटवल नजिकको उत्कृष्ट गन्तव्य हो ।

source : NewsPolar

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित