भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

बादल र बुटवलको लुकामारी (फोटो फिचर)

बुटवल बजारबाट करिब १० किलोमिटर टाढा पाल्पा जिल्लामा पर्ने नुवाकोट, बुटवलको उखरमाउलो गर्मी तथा मुटु नै कमाउने जाडो छल्ने सबैभन्दा नजिकको र सबैभन्दा उत्तम थलो हो भन्दा फरक नपर्ला ।

बुटवलको टन्टलापुरे गर्मीमा चिसो बतास मात्र नभई बाक्लो हस्सुमा रुमलिएको फुसफुसे पानी अनि महिनौँ घाम नदेख्दाको मुटु कमाउने जाडोमा पनि पारिलो घामले सेक्ने ठाउँ हो नुवाकोट ।

करिब १५० मिटर उचाइमा रहेको बुटवलको मौसम सारथिको रुपमा समुन्द्री सतहबाट करिब ९०० मिटरको उचाइमा रहेको नुवाकोट पुगेर बुटवल बजारको मनमोहक दृश्य देख्न सकिन्छ ।

बुटवलको शान्ति चोक (बेलबास र झोलुङ्गे पुलको बीच) बाट गाडी तथा बाइकमा करिब २५ मिनेटको उकालोमा सजिलै नुवाकोट पुग्न सकिन्छ । बाटो पूर्णरुपमा ग्राभेल गरिसकेकाले जुनसुकै मौसममा यहाँ जान सकिन्छ।

बास बस्न तथा खानको लागि प्रशस्त मात्रामा होटल रेस्टुरेन्टको व्यवस्था रहेको छ । माथि नुवाकोट पुग्न समय नहुनेहरु बुटवलबाट करिब दुई किलोमिटर माथि सम्ममात्र जाँदा पनि बुटवल भ्यु प्वाइन्ट पुग्न सकिन्छ र त्यहाँबाट बुटवलको पानारोमिक दृश्य देख्न सकिन्छ ।

यस यात्रामा बँदेलपोखरीको सेकुवा र नुवाकोटको लोकल परिकारहरु पनि छुटाउनै नहुने कुरा हुन् । बुटवलबाट उकालो लाग्नासाथ सम्पूर्ण यात्राभर बुटवलको फरक फरक रुप देख्न सकिने र छोटो समयमा यात्रा सम्पन्न गर्न सकिने हुनाले पनि यो बुटवल नजिकको उत्कृष्ट गन्तव्य हो ।

source : NewsPolar

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित