बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

गुल्मीमा आईटिएफ तेक्वान्दो प्रतियोगिता

गुल्मीमा शनिबार दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ। जिल्ला आईटिएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिताको आयोजना हुन लागेको हो।

शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालय, तम्घासमा पत्रकार सम्मेलन गरेर आईटिएफ तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराइएको हो।

यसपटक गुल्मी जिल्लामा डोजाङ्ग स्तरीय प्रतियोगिताको आयोजना गरिएको छ। यसमा जिल्लामा रहेका करिब नौ वटा डोजाङ्गबाट करिब २२० जना खेलाडीको सहभागिता रहने आईटिएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज पोखरेलले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेछन्। जसमा २० स्वर्ण, २० कास्य र ४० रजत पदक वितरण गरिने छ। उत्कृष्ट महिला पुरुष खेलाडीलाई वेस्ट अवार्डसहित नगद रकम प्रदान गरिने छ।

प्रतियोगिता शनिबार बिहान सात बजेदेखि जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुनेछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित