तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास

७ औं चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास भएको छ।

कपिलवस्तुको पश्चिमी क्षेत्र चन्द्रौटामा आयोजना भइरहेको महोत्सवमा थापा माथि आक्रमण भएको हो। महोत्सवमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनी माथि एकाएक ढुङ्गा प्रहार भएको जनाइएको छ।

उनी माथि आक्रमण भए पछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

नायक पल शाहसंग जोडेर उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका छ। शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप छ। नायक शाह हाल नाबालिका बलात्कारको आरोपमा हिरासतमा छन्।

शनिवारको दिन दर्शकहरु भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको हो पत्ता लाग्न सकेको छैन्। यद्यपि वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित