इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

खुमन, प्रकाश र मिलनले तताए ‘पौवा न्यु इयर इभ’

बुटवल । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को आगमनलाई स्वागत गर्दै होटल पौवाले आयोजना गरेको ‘न्यु इयर इभ’लाई लाक गायक खुमन अधिकारी, प्रकाश दुतराज र मिलन नेवारले राम्रैगरि तताएका छन् । बुटवलको योगीकुटी स्थित पौवा परिषरमा नयाँ वर्ष मनाउन भेला भएका हजार बढी स्थानीयलाई खुमन, प्रकाश र मिलनले लोकप्रीय गीति गाएर तताएका हुन् ।
कार्यक्रमको प्रारम्भमा नै मञ्चमा उक्लेका लोक गायक खुमनले ट्राक बिनानै दर्शकलाई गाउन लगाएर माहोल तताएका थिए । खुमनले शिव पार्वतीबाट शुरु गरेका खुमनले रुमाल हल्लाइ‘, यो मन रुन्न होला र‘ , सिन्की साँधेर‘, सम्झनामा आइदेउ‘, फोन उठाउ न सानु‘. जस्ता दर्जन बढी गीत गाएका थिए ।
पछिल्लो समय युवामा लोकप्रियता कमाएका प्रकाश दुतराज मन्चमा उक्लेसँगै इभको रौनक नै महोत्सवमय बनेको थियो । कार्यक्रमस्थलमा पुगेका सयौं दर्सकहरु दुतराजको प्रस्तूतीमा नाच्न थालेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई थाम्न हम्मे हम्मे परेको थियो ।
चोली मैलै भो.. बाट गाउन शुरु गरेका दुतराजले बैनी झ्यालैमा‘., घर त कहाँ हो बैनीको‘, चौतारीमा सितलु छाँयाँ.., तिम्लाई दिने माया‘, सम्झ्यो कि त रेलीमाई छाती चरर‘, उई रिसाउनी उई गल्ती गर्नी‘., जस्ता दर्जन गित गाएर लगातार दर्शकलाई तताएका थिए ।
कार्यक्रममा चर्चित गायीका मिलन नेवारले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् । दियो बालेर ‘न्यु इयर इभ’को शुभारम्भ गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले नयाँवर्षको शुभकामना दिए । नेपाली परम्परागत चाडपर्वलाई मध्यनजरमा राख्दै चाड विशेष सहित पौवाले अंग्रेजी नयाँ वर्ष पनि मनाउँदै आएको छ ।
मध्यराती १२ बजे लगत्तै नयाँ वर्षलाई स्वागत गर्दै होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले देश बिदेशमा रहेका सबै मानवजातीलाई सुख,शुस्वास्थ्य र समृद्दीको शुभकामना दिए । उनले पौवाले नेपाली मौलीक वर्षहरुमा विशेष कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राख्दै विश्वभरीबाट नेपाल आउने पर्यटकलाई नेपाली कला र संस्कृतिको प्रचार गर्ने गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार