बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

साई ग्लोबल कपः उपाधिका लागि काशी र न्यु होराइजन भिड्ने

 

भैरहवा ।

अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा विजयी हुँदै काशी नोबल एकेडेमी फाइनल प्रवेश गरेको छ । काशीले साई ग्लोबल एकेडेमी ‘बी’ टिमलाई ७ विकेटले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु होराइजन कलेजले शान्ति नमूना उच्च माविलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अब, काशी र न्यु होराइजनबीच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको अन्तिम सेमिफाइनलमा जितका लागि साई ग्लोबलबाट पाएको ८८ रनको लक्ष्य काशीले १३ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । काशीको जितमा ५ चौका र १ छक्काको मद्दतमा प्रज्वल थापाले सर्वाधिक नटआउट ५१ रन बनाए । यस्तै, सिद्धार्थ अधिकारीले ११, शंकर रानाले ९ र सेजाद आलमले नटआउट ८ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका सामोत पौडेल र मिर्नाल गुरुङले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ८७ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि प्रवेश थापाले २९ र मिर्नाल गुरुङले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न काशीका शंकर राना, सेजाद आलम, सन्देश जिसी र सुप्रित घिमिरेले समान २–२ तथा सिद्धार्थ अधिकारीले १ विकेट लिए । काशीका प्रज्वल थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताका बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित