तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

देशभक्त गित ‘नेपालको जय होस’ सुटिङ हुँदै

४० वर्षदेखि फिल्म क्षेत्रमा नृत्य निर्देशकको भूमिकामा योगदान दिएका कमल राई पहिलो पटक म्यूजिक भिडियो सुटिङ गर्ने भएका छन । नेपालसहित अन्य विभिन्न देशका पाँच सय बढी फिल्ममा काम गरेको अनुभव बटुलेका राई म्यूजिक भिडियोमा पहिलोपटक निर्देशन गर्न लागेका हुन् ।

बुटवलमा बुधबार पत्रकार सम्मेलनमा पहिलोपटक म्युजिक भिडियोमा निर्देशन गर्न लागेको खुलासा गरे । ‘यो मेरो पहिलो म्यूजिक भिडियो हो ।’– उनले भने । स्वतन्त्र नागरिक समूह नेपालको अगुवाईमा बन्न लागेको देशभक्त गित ‘नेपालको जय होस’ सुटिङका लागि उनी एक हप्तादेखि बुटवलमा छन् । बुटवलबाट धेरै प्रतिभाशाली कलाकारको जन्म भएको दाबी गर्दै उनले यसमा स्थानीय कलाकारलाई जोड दिएको बताए ।

रुपन्देहीका चारवटा विद्यालयका दुई दर्जन बढी विद्यार्थीहरुलाई कोरस डान्सको लागि एक हप्तादेखि तयारी गरिरहेको उनले बताए । सुटिङमा भने प्रविधि र प्राविधिकको टिम काठमाडौबाट झिकाईएको उनले बताए । एउटा फिल्म र म्यूजिक भिडियोको फरकका बारेमा अनुभव सुनाउँदै उनले फिल्म लामो समय र ठूलो कलाकारको टिम सहभागी हुने तथा म्यूजिक भिडियो छोटो र सन्देश दिने खालको धेरै मेहनत लाग्ने बताए ।

फिल्म सुटिङ गर्ने क्यामराबाट नै पहिलोपटक म्यूजिक भिडियो सुटिङ गर्न लागेको उनले बताए । धेरै पारिवारिक र सन्देशमूलक फिल्म बनाएका निर्देशक शिव ढकालले म्यूजिक भिडियो निर्देशन गर्दै छन । ‘नयाँ पुस्तामा अनुशासन र माटोप्रतिको माया देखिदैन ।’–उनले भने । बालबालिकाहरुलाई सन्देश दिने रुपमा म्यूजिक भिडियो निर्माण गर्न लागेको उनले बताए । नेपाल प्राकृतिक रुपमा नै एउटा फिल्मका लागि उपयुक्त स्थल भएको दाबी गर्दै उनले यो थलोलाई संरक्षणका साथै प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।

६ मिनेट २० सेकेन्ड लामो गितको सुटिङ नयाँगाउस्थित मुक्तिनाथ धाममा पुस १५ गते शुभमुहर्त गरिने स्वतन्त्र नागरिक समूह नेपालको अध्यक्ष विश्वराज गैरेले बताए । चार दिनसम्म चल्ने सुटिङ लुम्बिनी, मणिग्राम लगायत पर्यटकिय क्षेत्रहरुमा हुने उनले बताए ।
नया पुस्तालाई अनुशासन र देश माया दर्शाउने म्यूजिक भिडियो बनाउन लागेको समूहका अध्यक्ष विश्वराज गैरेले बताए । सबैको मन छुन खालको गित बनेको उनले बताए ।
निर्देशक ढकाल ब्यवसायभन्दा माथि उठेर सोच्ने बेला आएको बताउँछन् । धेरै ब्यावसायिक फिल्म बनाएका उनी पनि देशभक्त गितको छायाँकन काठमाडौ बाहिर गर्न पाउँदा खुशी लागेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित