तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल एयरलाइन्सलाई भैरहवा जान अझै समय लाग्ने

नेपाल एयरलाइन्स सोमबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा नजाने भएको छ। एयरलाइन्सलाई त्यहाँ उडान थाल्न अझै केही समय लाग्ने भएको हो।

एयरलाइन्सले यसअघि पुस ४ देखि भैरहवा विमानस्थलमा उडान गर्ने बताएको थियो। दोहा र क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं उडान गर्ने एयरलाइन्सले बताएको थियो। तर आन्तरिक तयारी बाँकी रहेकाले उडानका लागि अझै समय लाग्ने एयरलाइन्सले बताएको छ।

‘भैरहवा जान केही आन्तरिक तयारी बाँकी छ,’ एयरलाइन्स प्रवक्ता अर्चना खड्काले भनिन्, ‘उक्त विमानस्थलमा जाँदा नाफा र घाटा केकस्तो हुन्छ, त्यसको विश्लेषण गरेर पेस गर्ने र निगमको बोर्ड बैठकले स्वीकृत गरेपछि उडान सुरू गर्ने भनिएको छ।’

प्रवक्ता खड्काका अनुसार नयाँ विमानस्थलमा उडान सुरू गर्दा बोर्ड बैठकले स्वीकृत गर्नुपर्नेछ। यो प्रक्रिया भइरहेकाले केही ढिलाइ हुन सक्ने उनले बताइन्।

‘बोर्डबाट स्वीकृत हुनासाथ केही दिनमै निगमले सूचना निकाल्नेछ र तयारी थाल्नेछ,’ उनले सेतोपाटीसँग भनिन्।

एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ।

प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ।

प्राधिकरणका अनुसार दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुइटा उडान हुने छन्। त्यस्तै क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार (सातामा एक) उडान एउटा हुनेछ। प्राधिकरणले सन् २०२२ डिसेम्बर १९ बाट सन् २०२३ मार्च २५ सम्मका लागि यो तालिका स्वीकृत गरिसकेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित