तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

विश्वकपका सबै चरणमा गोल गर्ने पहिलो खेलाडी बने मेस्सी

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकपमा अर्को कीर्तिमान बनाएका छन्। मेस्सी विश्वकपको समूह चरणदेखि फाइनलसम्म सबै चरणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।

फ्रान्सविरुद्ध २३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गरेका हुन्।

जारी विश्वकपमा फ्रान्सविरुद्ध फाइनलमा गोल गरेसँगै मेस्सीका नाममा नयाँ कीर्तिमान बनेको हो। यसअघिका चार वटा विश्वकपमा समूह चरणमा मात्रै गोल गरेका मेस्सीले यो विश्वकपमा नकआउटदेखि फाइनलसम्म गोल गरेका हुन्।

२००६ को विश्वकपमा मेस्सीले डेब्यु गरेका थिए। डेब्यु विश्वकपमा उनले समूह चरणमा सर्विया एण्ड मोन्टेनेग्रोविरु गोल गरेका थिए।
२०१० को विश्वकपमा भने मेस्सीले कुनै गोल गर्न सकेनन्।

२०१४ मा मेस्सीले ४ गोल गरेका थिए। बोस्निया एण्ड हर्जगोभिनाविरुद्ध १ गोल, इरानविरुद्ध १ गोल र नाइजेरियाविरुद्ध २ गोल गरेका थिए।

अर्जेन्टिना फाइनलमा पुगे पनि मेस्सीले नकआउटमा भने गोल गर्न सकेका थिएनन्। २०१८ मा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो। फ्रान्सविरुद्ध अन्तिम १६ मा टिमले ३ गोल गरे पनि मेस्सीका नाममा गोल थिएन।
समूह चरणमा उनले नाइजेरियाविरुद्ध एक गोल गरेका थिए। तर जारी विश्वकपमा उनले ६ गोल गरेका हुन्। समूह चरणमा साउदी र मेक्सिकोविरुद्ध गोल गरेका उनले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध पनि गोल गरेका थिए।

क्वार्टरफाइनलमा नेदरल्याण्डविरुद्ध र सेमिफाइनलमा क्रोएसियाविरुद्ध पनि गोल गर्दा मेस्सी अर्को कीर्तिमान नजिक पुगेका थिए। फाइनलमा गोल गरेसँगै यो कीर्तिमान बनेको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित