रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

विश्वकपका सबै चरणमा गोल गर्ने पहिलो खेलाडी बने मेस्सी

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकपमा अर्को कीर्तिमान बनाएका छन्। मेस्सी विश्वकपको समूह चरणदेखि फाइनलसम्म सबै चरणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।

फ्रान्सविरुद्ध २३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गरेका हुन्।

जारी विश्वकपमा फ्रान्सविरुद्ध फाइनलमा गोल गरेसँगै मेस्सीका नाममा नयाँ कीर्तिमान बनेको हो। यसअघिका चार वटा विश्वकपमा समूह चरणमा मात्रै गोल गरेका मेस्सीले यो विश्वकपमा नकआउटदेखि फाइनलसम्म गोल गरेका हुन्।

२००६ को विश्वकपमा मेस्सीले डेब्यु गरेका थिए। डेब्यु विश्वकपमा उनले समूह चरणमा सर्विया एण्ड मोन्टेनेग्रोविरु गोल गरेका थिए।
२०१० को विश्वकपमा भने मेस्सीले कुनै गोल गर्न सकेनन्।

२०१४ मा मेस्सीले ४ गोल गरेका थिए। बोस्निया एण्ड हर्जगोभिनाविरुद्ध १ गोल, इरानविरुद्ध १ गोल र नाइजेरियाविरुद्ध २ गोल गरेका थिए।

अर्जेन्टिना फाइनलमा पुगे पनि मेस्सीले नकआउटमा भने गोल गर्न सकेका थिएनन्। २०१८ मा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो। फ्रान्सविरुद्ध अन्तिम १६ मा टिमले ३ गोल गरे पनि मेस्सीका नाममा गोल थिएन।
समूह चरणमा उनले नाइजेरियाविरुद्ध एक गोल गरेका थिए। तर जारी विश्वकपमा उनले ६ गोल गरेका हुन्। समूह चरणमा साउदी र मेक्सिकोविरुद्ध गोल गरेका उनले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध पनि गोल गरेका थिए।

क्वार्टरफाइनलमा नेदरल्याण्डविरुद्ध र सेमिफाइनलमा क्रोएसियाविरुद्ध पनि गोल गर्दा मेस्सी अर्को कीर्तिमान नजिक पुगेका थिए। फाइनलमा गोल गरेसँगै यो कीर्तिमान बनेको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार