बागेश्वरी कला केन्द्र तथा संगीत एकेडेमी २५ औं वर्षमा देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वारा सार्वजनिक शौचालय र धारा निर्माण भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता पाल्पामा १९ वर्षीया पद्मा सुनारकाे हत्या गर्ने सार्वजनिक जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन एमाले रुपन्देहीको अधिवेशन जेठमा नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी                
समाचार :

तस्वीरमा हेर्नुहोस् बुटवल मण्डमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी

बुटवल । आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा संचालन गर्ने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी तिब्र पारिएको छ । नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मुल नाराका साथ प्रर्दशनी आयोजना स्थल बुटवल मण्डपमा निर्माणको काम तिब्र पारिएको छ ।


औद्योगिक विकास र आर्थिक गतिविधिलाई राष्ट्रिय अर्थतन्त्रको आधारशिला बनाउने उद्देश्यका साथ आयोजना हुन लागेको प्रदर्शनीमा हाल स्टल निर्माण, सहभागी उद्योगहरुको दर्ता, मनोरञ्जन स्थलको काम अन्तिम तयारीमा पुगेको निर्माण उपसमितिका संयोजक कम ज्ञवालीले बताए ।


प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधब प्रसाद पौडेलको मूल संयोजकत्वमा निर्देशन तथा कार्यान्वयन समिति गठन गरिएको छ । आयोजनालाई भव्य, सभ्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न र तयारीको कामलाई व्यवस्थित गराउन ३१ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

जस अनुसार मूल्यांकन उपससमितिको संयोजकमा निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, स्टल दर्ता उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, स्टल वितरण उपसमिति संयोजकमा प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, स्टल अनुगमन उपसमितिको संयोजकमा द्वितिय उपाध्यक्ष जीवकान्त काफ्ले, मूल समितिको सदस्य सचिवमा महासचिव हरिबहादुर खत्री, बाल उद्यान उपसमिति संयोजकमा कोषाध्यक्ष हिरामणी भट्टराई, परिचय पत्र उपसमिति संयोजकमा सचिव बसन्त ढकाल, परिचय पत्र (स्टल) उपसमिति संयोजकमा महिला सचिव मन्जु भुसाल, गेट टिकट उपसमिति संयोजकमा सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली रहेका छन् ।


स्वदेशी उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादनका लागि बजार प्रवद्र्धन गर्न र उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ स्वदेशी उद्योगहरु मात्रको सहभागिता रहने गरी रुपन्देही उद्योग संघले राजधानी बाहिर प्रथम पटक २०४५ सालमा र तत् पश्चात् निरन्तर राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । यस पटकको आयोजनामा कृषि, प्रविधि र पर्यटनलाई समेत विशेष प्राथमिकता दिइने मूल समितिका संयोजक माधव प्रसाद पौडेलले बताए ।

बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक आयोजना गर्न लागिएको प्रर्दशनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि लगायतका छुट्टछुट्टै पेभिलियनको व्यवस्था गरिने उनले बताए ।

२०३५ सालमा उद्योगीहरुको हकहित संरक्षण र सम्वद्र्धन गर्दै देशको औद्योगिक विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको रुपन्देही उद्योग संघमा रुपन्देही जिल्ला भरिका करीब एक हजार उद्योगहरु प्रतक्ष्य सदस्य रहेका छन् भने करीब १५०० वस्तुगत उद्योगीहरु संलग्न छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार