नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

बुटवलको कालिकामा पौष १ देखि दोस्रो रनिङशिल्ड प्रतियोगिता

कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नो ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । पुस १ देखि ७ गतेसम्म हुने सप्ताहब्यापी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरिने भएको छ ।

प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले रनिङ शिल्ड अनावरण गर्दै खेलकुदमा लुम्बिनी प्रदेशमा अझै पनि नीतिगत र संरचनागत अभाव रहेको बताए । खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको उनले दुःखेसो गरे । प्रदेश संरचनामा खेलकुद गतिविधि अघि बढ्न नसकेको भन्दै नीतिगत, खेलकुद क्यालेन्डर, संरचना निर्माण हुन नसक्नु नै मुख्य चुनौती देखिएको उनले बताए ।

खेलकुदलाई पर्यटन ब्यवसायसंग जोडेर अघि बढाउने गरी सरकारको योजना ल्याउनुपर्ने उनले बताए । उमेर समूहको खेलाडी उत्पादनको आधार मानिने विद्यालय, नगर र जिल्लास्तरका प्रतियोगिताको बीचमा समन्वय अभाव देखिएको उनले बताए । अझै पनि प्रदेशभित्र बन्ने पूर्वाधारमा समस्या र कर्मचारी समायोजनको जटिलता रहेको उनले बताए ।

विद्यालय परिसरमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलन तथा शिल्ड अनावरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । वि.सं. २०४६ सालमा नगरस्तरीय रनिङशिल्ड खेलाईएको ईतिहास विद्यालयको रहेको उनले बताए ।

“त्यसपछि २०७८ मा जिल्लास्तरीय रुपमा खेलाउन थालिएको हो”–उनले भने । प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरी ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम, द्वितिय र तृतीय हुने टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष होम बहादुर गलामीले शैक्षिकसंगै अन्य गतिविधिमा समेत विद्यालय निरन्तर अघि बढेको बताए । विद्यालयको भवन निर्माणसंगै खेलग्राम अभाव देखिएको उनले बताए । नजिकै सार्वजनिक जग्गामा खेलग्रामको पहल गरेपनि सफल हुन नसकेको उनले बताए ।

कार्यक्रममा बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, विद्यालयका खेलकुद संयोजक हरिस ओलीले विद्यालयमा शैक्षिकसंगै खेलकुद गतिविधिबाट विद्यार्थीहरुमा सकारात्मक प्रभाव देखिने बताए । प्रतियोगितामा जिल्लाका ४५ वटा विद्यालयका २ हजार ४ सय खेलाडीहरु भाग लिने छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार