बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा सिद्धार्थनगरले चलायाे डोजर

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि डोजर चलाएकाे छ । नगरपालिकाले आइतबार वडा नम्बर १, नौडिहवा गाउँमा रहेक दुई वटाको घरमा डोजर चलाएर भत्काएकाे हाे ।

सार्वजनिक जग्गा अतिक्रमण नगर्न र गरेकाे भए तत्काल हटाउन भन्दै नगरपालिकाले पटक-पटक सार्वजनिक सूचना जारी गरे पनि अटेरी गरेपछि जाेडर चलाएकाे जनाएको छ ।

नौडिहवा टोल विकास समितिले मोहम्मद हसन तेली घरधनी रहेको दुई वटा घर निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै नगरपालिकाको कार्यालयमा उजुरी दिएको थियो । पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाएकाे हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेर जानकारी गराए पनि अटेर गरेपछि निमयानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

नगरपालिका क्षेत्रमा चाप बढ्दै गएको र सार्वजनिक जग्गाको अभाव भइरहेको अवस्थामा सार्वजनिक जग्गाको खोजी गरी उपयोग गर्नका लागि अभियान सुरु गरिएको उनले बताए ।सर्वसाधरणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउन सुरु गरिएको वडा नम्बर १ का वडाध्यक्ष उज्जवल पोखरेलले बताए ।

उनले सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउने अभियान अन्र्तगत कार्य सुरु भएको भन्दै कसैले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको भए आफूहरुलाई सूचना दिन आग्रह गरे । नगरपालिकाको नक्सा शाखा प्रमुख ईन्जिनियर मानप्रसाद श्रेष्ठले सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको स्थानमा प्राविधिक टोलीले नापजाँच पश्चात एकिन गरेर भत्काउन सुरु गरेको र अन्य स्थानमा पनि डोजर चलाउने तयारी भइरहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर पार्किङ, पार्क लगायत जनहितमा प्रयोग गरिने बताइन् । उनले सार्वजनिक जग्गाको संरक्षणका लागि गरिएको सुरुवातमा सरोकारवालाहरुको साथ, सुझाव/सल्लाह आवश्यक रहेको बताइन् ।

‘हामीहरु कसैले निर्माण गरेको घर/संरचना भत्काउन चाहदैनौँ तर सार्वजनिक जग्गा अतिक्रमण गरेर कसैले पनि कुनै संरचना निर्माण नगर्न आग्रह गर्छौ’, नगर प्रमुख इश्तियाक अहमद खानले भने, ‘यदि हाम्रो आग्रहलाई वेवास्ता गरेर सार्वजनिक जग्गा मिचेर संरचना बनाइन्छन् भने नगरपालिकाको कार्यालय नियमानुसार अघि बढ्छ ।’ सार्वजनिक जग्गा, कुलो लगायत मिचेर कसैले संरचना निर्माण गरेको भए आफै भत्काउन आग्रह गरिएकाे र डोजर पुगेको अवस्थामा नगरपालिकाको कार्यालयले नियमानुसार अघि बढ्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार