नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै                
समाचार :

उपराष्ट्रपति पुत्र दिपेशको सहकारीले बचतकर्ताकाे पैसा फिर्ता गर्न सकेन

बुटवल : बुटवल होराइजन चोककी पूजा श्रेष्ठ दुर्गा पूजा सुरु भएपछि बुटवलको राजमार्ग चौराहमा रहेको सुप्रिम सहकारीमा ३० हजारको चेक लिएर पुगिन।

सहकारीले ३ दिनसम्म स्टम नचलेको भन्दै रकम भुक्तानीमा आलटाल गर्‍यो नवरात्री सुरु हुनु दुई दिन अघि पुन सहकारीमा पुगेकी पूजा श्रेष्ठले चेक साट्नै लागि त्यहाँका कर्मचारीसँग झगडा गरिन्।

दसैँको समयमा चेक काटेर पनि रकम भुक्तानीमा सहकारीले आलटाल गरेपछि कर्मचारीसँग झगडा गर्नुपर्‍यो। ३० हजारको चेक साट्न ४ दिन सहकारी धाएकी पूजाले ३० हजार रकम सहकारीले २० र १० का नोटहरू सहित दियो।

‘मागेको खुजुरा पैसा थिएन तर सहकारीले खातामा भएको रकम लिँदा ४ दिन सम्म दुःख दियो। पैसा दिँदा पनि २० र १० का नोटहरूको बन्डल दियो। त्यही बेला सहकारीमा आर्थिक सङ्कट रहेछ भन्ने थाहा भयो’ श्रेष्ठले भनिन्।

श्रेष्ठलाई जसोतसो खुजुरा पैसा दिएर चेक साटेको सहकारीले दसैँको बेलामा सहकारीका धेरै बचतकर्तालाई पैसा दिनै सकेन। सहकारीको गेट अगाडि दिनहुँ रकम फिर्ता माग्न भिड्नै लाग्यो। सहकारीमा रकम बचत गरेका बचतकर्ताले यसबारे बुटवल उप महानगरपालिकालाई जानकारी समेत गराए। तर उप महानगरपालिकाले अधिकार क्षेत्र बाहिर रहेको भन्दै विषयलाई प्राथमिकतामानै राखेन।
मूल कारोबार काठमाडौँमा लक्षित गरेर बुटवलमा कार्यालय सञ्चालन गरेको सुप्रिम सहकारी सहित अन्य सहकारीको गुनासो उप महानगरपालिकामा आएको बुटवल उप महानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले बताए।

उनले सहकारीहरूमा राखेका बचत सङ्कटमा परेको सूचना प्राप्त भए पनि कार्यक्षेत्र बाहिरका सहकारी भएका कारण केही गर्न सक्ने अवस्था नरहेको उनले बताए।

अहिले पनि यो सहकारी समस्याग्रस्त छ। बचतकर्ताहरूले मिलेसम्म त्यहाँबाट रकम झिक्न लागेका छन्। तर सहकारीले बचतकर्तालाई पुरा रकम दिन सकेको छैन। सर्वसाधारणको रकम जम्मा गरेर बिना धितो ऋण प्रवाह गरेको सुप्रिम सहकारी चरम आर्थिक सङ्कटमा जानकार बताउँछन्।
सुप्रिम मात्र होइन बुटवलको अमरपथमा प्रधान कार्यालय रहेको आगन्तुक सहकारीले पनि बचतकर्ताको रकम जोखिममा पारेको छ। सहकारीका सञ्चालकहरू कार्यालय नै बन्द गरेर बेखवर भएको एक बचतकर्ताले बताए।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष ओम गुरुङले बचतकर्ताहरूको रकम सङ्कलन गरेर प्रवाह गरेको लगानी नउठेपछि बचतकर्ताहरूलाई फिर्ता गर्न केही समस्या भएको दाबी गरे।

सहकारी ऐन अनुसार सहकारीले सदस्यहरू भन्दा बाहिर लगानी गर्न मिल्दैन तर काठमाडौँ शैलीको व्यवसाय नाम दिइएको सहकारीको यो शैलीले बढी ब्याज असुल्ने नाममा यस क्षेत्रका स्थानीयसँग सङ्कलन गरेर काठमाडौँमा रहेका व्यापारीहरूलाई बिना धितो लगानी गर्ने गरेको जानकार स्रोत बताउँछ।

बुटवल बजारबाट मात्रै सङ्कलन गरेको रकम १ अर्ब २० करोड रुपैयाँ मध्ये सहकारी ऐन विपरीत लगानी गरेको सोही बरावरको रकम लगानीकर्ताहरूबाट फिर्ता नआएपछि समस्या परेको गुरुङले बताए ।

‘हामीले बढी विश्वास गर्दा यो नियति भागेका हौ। त्यसमा पनि बढी विश्वासका आधारमा बिना धितो लगानी गर्दा समस्या आएको हो’ उनले भने।

हाल सहकारीले बचतकर्ताको रकम तालिका बनाएर दिइरहेको छ । अध्यक्ष गुरुङका अनुसार दैनिक १० लाख रुपैयाँका दरले बचतकर्ताहरूलाई फिर्ता गर्ने योजना अनुसार दैनिक तालिका बनाएर ५० जनालाई रकम फिर्ता गरेको उनले बताए।

रुपन्देही र कपिलवस्तुमा कार्यक्षेत्र रहेको सहकारीले बुटवल, भैरहवा र कपिलवस्तुमा गरी ५० जना जति सङ्कलकहरूबाट रकम सङ्कलन गर्ने गरेको थियो ।

सहकारीले अहिले सूचना जारी गरेर दैनिक १० लाख सम्म रकम फिर्ता गरी रहेको छ। सहकारीको यो तालिका अनुसार सबै बचतकर्ताहरूको रकम फिर्ता गर्न कम्तीमा ५ वर्ष लाग्ने अवस्था देखिन्छ। सहकारीले मङ्सिर २४ गते साधारण सभा गरेर समस्या समाधान गर्ने तयारी गरेको जनाएको छ।

सहकारीको कार्यालय बुटवलमा रहे पनि उक्त सहकारीका अधिकांश लगानीकर्ताहरू बुटवल बाहिरका छन्।

सहकारीका संस्थापक अध्यक्ष जीवी राई हुन। उनी हर्वो नेचर नामक नेटवर्किङ शैलीको व्यवसायमा संलग्न थिए। अहिले उनी ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुन्। राई अहिले सहकारीको संरक्षक छन्।

त्यसै गरी सहकारीका सचिव उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन हुन्। पुन पछिल्लो समय वैदेशिक रोजगारी सेटिङ लगायतका शङ्कास्पद संलग्नताले बदनाम छन्।

सरोकार निकायलाई जानकारी छैन
लुम्बिनी प्रदेश सहकारी रजिस्टार भीम प्रसाद तिवारीले चैत्र महिनामा सहकारी रजिस्टार कार्यालय स्थापना भए पनि आफू केही दिन अघि मात्रै जिम्मेवारीमा आएकोले यो सबै विषयमा आफूले जानकारी नपाएको बताए।

उक्त सहकारीले बुटवलमा रकम सङ्कलन गरे पनि काठमाण्डौका मिटरब्याजीहरुलाई लगानी गरेको र सरकारले मिटरब्याजीहरुलाई कडाइ गरेपछि रकम उठ्न नसकेको आशङ्का सहकारी अभियन्ताहरूको छ।

उकेराबाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार