आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल १३ सय ६६ मतान्तरले विजयी

बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गरेका हुन् । पौडेलले २७ हजार १७४ ल्याए भने, गणेशले २५ हजार ७८१ मत ल्याउन सके ।
त्यस्तै सत्तारुढ गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा रहे । थापाले २२ हजार ८ मत ल्याए । विष्णु पौडेलको यो क्षेत्रबाट चौथो जीत हो । उनले २०६४ तत्कालिन नेकपा माओवादीका स्व. भक्ति पाण्डे, २०७० मा तत्कालिन माओवादीकै नेता डा. बाबुरा भटराई, २०७४ मा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए ।
यो क्षेत्रमा कूल ८१ हजार २०२ मत खसेको थियो ।रुपन्देही २ सँगै क्षेत्र नम्बर ५ बाट पनि एमालेका बाशुदेव घिमिरे जितेका छन । भने, क्षेत्र नम्बर १ बाट सचिव छविलाल विश्वकर्मा जित नजिक छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित