बुद्धनगर खानेपानीले ‘भोगचलन’ गरेको जग्गामा टोल विकास संस्थाले चलायो स्वीकृती विना डोजर गर्मीमा ‘लू’ बाट कसरी बच्ने ? समृद्धी सलोन एण्ड एकेडेमी द्वारा सम्मान तथा दिक्षित घामबाट बिजुली सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी ९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर)                
समाचार :

मुखले होईन कामले जवाफ दिनेछु– बोहोरा

म अहिले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारको रुपमा प्रचार प्रसारका लागि घरदैलोमा हिडि रहेको छु। पोष्ट कोभिडका कारण घाटिमा समस्या भएकोले चिकित्सकहरुको सल्लाहमा केहिदिनका लागि भ्वाईस रेष्टमा छु।

स्पीच थेरापीमा छु मैले सार्वजनिक समारोहमा सम्वोधन गरेर मत माग्न सकिरहेको छैन। तर मेरा बिरुद्ध प्रतिस्पर्धीहरु बिभिन्न ढंगले गलत प्रचार गरि रहेका छन्।बिपक्षिहरुले अरु हिसावले चुनाव जित्न नसक्ने भएपछि मेरो स्वास्थ्यका बारे भ्रम छरीरहेका हुन्। म अहिले तपाई संग बोलि रहदा पनि पुर्ण रुपले स्वस्थ नै त छु।

कुनैपनि व्यक्तिको स्वास्थ्यलाई लिएर गरिने अस्वस्थ टिका टिप्पणीले स्वयं बोल्ने व्यक्तिकै कद घटाउने भएकाले आफूले त्यसतर्फ चासो नदिएको छैन। मैले बिगतदेखि रुपन्देहीको दिगो विकासलाई प्राथमिकता राखेर काम गरेको छु। यो कुरा रुपन्देहीका बासिन्दा कसैले पनि भुल्नु भएको छैन् भन्नेमा म बिश्वस्त छु।

विगतमा भैरहवा क्षेत्रमा सिँचाईको लागि भैलुभुज, गौतमबुद्ध विमानस्थल, ६ लेन सडक, भैरहवाको ढल तथा नाली सहितका आन्तरिक सडकहरुको निर्माणका लागि एशियाली बिकास बैंक संगको समन्वयमा बजेट ब्यवस्थापन, भैरहवा लुम्बिनी सडक, रामापुर लुम्बिनी सडक, बनगाई मर्चवार सडक, ग्रामिण क्षेत्रमा विद्युतीकरण जस्ता कामको सुरूवात म आफू सांसद र मन्त्री भएको समयमा सूरु भएका हुन्।

भैरहवा क्षेत्रको दिगो विकासको योजनाहरु सूरु भएपनि पुरा हुन सकेका छैनन् मेरै अगुवाईमा सूरु भएका योजना पुरा गर्ने र रुपन्देहीको मुहार उज्यालो बनाउने गरी अरु थप केही योजनाहरु अगाडी बढाउने संकल्पका साथ यो निर्वाचन अभियानमा लागेको छु।

गएको निर्वाचनमा म मेरा अहिलेकै प्रतिस्पर्धी उम्मेदवारको समर्थनमा उम्मेदवार भएको थिए र मेरो निर्वाचन क्षेत्र पनि सधैं यहि नै हो। म योग्य भएकै कारणले त्यो समयमा उहाकै समर्थनमा उम्मेदवार भएको कुरा वहाले भुल्नु भएको छैन भन्नेमा पुर्ण बिश्वस्त छु

म जीवन पर्यन्त देशको विकासको लागि काम गरेको कसैले भुलेको छैन होला मैले जनप्रतिनिधीको रुपमा रुपन्देहीको बिकासका लागि जे जती काम गरे यो सबैका अगाडी छर्लंग छ । २०३८ सालदेखि २७ वर्षको उमेरमै संसदीय राजनीतिमा लागेको हुं यो मेरो उम्मेदवारी भने जीवनको अन्तिम पटकको उम्मेदवारी हो।

यसपटकको निर्वाचनमा मैले १३० बुंदे प्रतिवद्धता पत्र सहित मतदाताकोमा गएको छु। भैरहवा – रूपन्देहीका कृषकको मुहार उज्यालो बनाउने उदेश्यका साथ मेरै पहलमा निर्माण भएको करोडौंको सिँचाइ आयोजना अलपत्र परेको छ। दुई अर्ब ३४ करोड ९५ लाख ३३ रूपैयाँ लागतमा निर्मित भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभूज) परियोजना बन्द हुदा धेरै किसानको भविश्य अन्धारमा धकेलीएको छ।

विश्व बंैकको ऋण सहयोगमा निर्माण भएको यो परियोजनाले २० हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य हो तर बिगतमा नेतृत्वमा रहेकाहरुले ध्यान नदिदाधेरै नलकुप (बोरिङ) बन्द भएका छन्। तिनलाई सन्चालनमा ल्याई किसानका खेतखेतमा पानि पु¥याउने मेरो पहिलो संकल्प हो। धेरै किसान बोरिङ सन्चालन गर्दा लाग्ने महँगो विद्युत् महसुल र त्यसमाथी डिमान्ड चार्ज समेत रहेको छ त्यो हटाउने तिर मेरो ध्यान जानेछ।

तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्ध, बुटवल बेलहियाको सडकमा थप आकासे पुल ÷ अन्डरपासको निर्माण, बुटवल—बेथरीको अत्याधुनिक सडक लगायत दर्जनौँ बृहत् परियोजनालाई यथाशीघ्र सम्पन्न गरी उपयोगमा ल्याउनु पर्ने दायित्वलाई मैले सबैभन्दा बढी प्राथमिकतामा राखेको छु।

उद्योग–व्यापार मेलाका लागि अत्याधुनिक भैरहवा–मण्डपको निर्माण शुद्धोधन गाउँपालिका र बेलवा जोड्नका लागि दानव नदीमा पुल निर्माण, पत्थर डाँडादेखि तिनाउसम्म सडक बिस्तार गरी बत्ती जडान भलबारीदेखि तीनधुरा कुट्टा सडक विस्तार र स्तरोन्नति, बाउन्नकोटी सामुदायिक वनमा पार्क निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना मेरा प्राथमिकताका योजना हुन। मेलै यो क्षेत्रको समग्र बिकासका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेरै अगाढी बढेको छु। निर्वाचित भएपछि तिनको कार्यान्वयनमा किन्चित तलमाथी गर्ने छैन्।

हाम्रो निर्वाचन क्षेत्र कृषि संगै त्यसको बजारीकरणको प्रयाप्त सम्भावना भएको निर्वाचन क्षेत्र हो। किसानहरुको उत्पादनको सहज बिक्रि बितरणका लागि पुतलीबजारमा रहेको कृर्षि बजारलाई ब्यवस्थीत गर्ने काममा म निरन्तर लाग्ने भने कृषिका पकेट क्षेत्रहरुमा किसानहरुको आवश्यकताका आधारमा योजनाहरु तयार गरी कार्यान्वयनमा ल्याउने छु। कृषि उत्पादनलाई विचौलीया मुक्त बनाउन किसान केन्द्रित हाट बाजार निर्माण, सहकारीलाई कृषि, पशु पंक्षी, मत्स्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाई रोजगारीको सृजना जस्ता कार्यक्रम ल्याउने छु।

निकासी जन्य उद्योगहरु स्थापना गर्ने उदेश्यले बिशेष आर्थिक क्षेत्र सेज निर्माण भएको छ तर नितीगत केही समस्याका कारण उद्योगीहरु त्यहा जान त्यती ईच्छुक हुनुहुन्न। वहांहरुको भावनालाई समेटेर सेजलाई अगाडी बढाउनेमा मेरो सम्पुर्ण ध्यान केन्द्रित गर्ने छु।

फर्साटिकर–बेतही–सखुवानी–अमवा–कुट्टा–छपिया–बनभुषडी–भगलापुर–गुरौलिया मा.बि.–पुरेनी–भुजौली–केदली–डाडां–सेमलार–मधैयाचोक–बेलबरीया–मोतिरपुर–सौरैहया–दुबौली हुदै फर्साटिकर रिङ रोड निर्माण गर्ने र तिलोत्तमा १३ र १४ वडामा लुम्बिनी प्रादेशिक बस पार्कलाई निर्माण प्रक्रियालाई अगाडी बढाउने कार्य मेरो प्राथमिकताका काम हुने छन्।

भैरहवाको मुख्य बाजारबाट विद्युत तथा टेलिफोनका तार अन्डरग्राउन्ड गरी थप सुन्दर बनाउने पक्लिहवामा रहेको छोटी भन्सार कार्यालयलाई पुन संचालनमा ल्याउने बेलहिया अन्र्तर्राष्ट्रीय नाकामा इन्टिग्रेटेड चेक पोष्ट निर्माणको कामलाई पुर्णता दिने काममा मेरो अगुवाई हुने छ।

भैरहवामा रहेको भीम अस्पतालको ५० शैयालाई १०० शैयामा क्षमता विकास गर्ने । सियारी र शुद्धोधनको १५ बेडको अस्पतालको थप पुर्वाधार निर्माण र आबश्यक उपकरणको ब्यवस्था गरि त्यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा पहुंच बढाउने काममा निरन्तर लाग्ने छु।

यस क्षेत्रमा फोहोरमैला ब्यवस्थापनको जटिल समस्या छ। उपयुक्त स्थानको छनौट गरी बृहत् फोहारोमैला प्रशोधन केन्द्रको स्थापना गर्ने, मेरो क्षेत्रका मात्रै नभएर समग्र यस क्षेत्रका अभिभावक र युवाहरुको जटिल समस्याको रुपमा रहेको लागू औषधको प्रयोगलाई नियन्त्रण गरि युवाहरुलाई सिपयुक्त बनाउने काममा योजनाबद्ध ढंगले लाग्नेछु।

भैरहवा लुम्विनी प्रदेशको मात्रै होईन नेपालकै पर्यटनको प्रवेश बिन्दु हो। हाम्रो दैनिक हज्जारौ पर्यटकहरु भित्रिने महत्वपुर्ण नाकाको रुपमा रहेको बेलहिया अन्तर्राष्ट्रिय नाका अब्यवस्थीत हुदा पर्यटकहरुलाई समस्या भएको छ जसका कारण भारतीय मात्रै होईन तेश्रो मुलुकका पर्यटकहरुमा समेत नकारात्मक सन्देश प्रवाह भएको छ। तसर्थ त्यसलाई यथासिघ्र ब्यवस्थापन गर्ने काममा लाग्ने छु।

लुम्विनी संगै यस क्षेत्रका प्रसिद्ध धार्मिक मठ–मन्दिर–मस्जिद–गुम्बा जस्ता स्थानलाई जोडेर धार्मिक पर्यटनको विकास, भैरहवाको डन्डाखोलालाई डिजाईन गरी आर्कषक पर्यटकीय गन्तब्य वनाउने,थारु समुदायको बहुलता रहेको बस्तीहरुमा सांस्कृतिक पहिचान दिनेगरी होम स्टे संचालनमा सहयोग, शुद्धोधन ३ तथा ५ को सियाभार मन्दिर तथा दर्बाहा क्षेत्रलाई पर्यटन स्थलका रूपमा विकास गर्ने जस्ता कार्य गरी पर्यटकहरुको आगमन बढाउने योजना ल्याउने छु।

गरिबी न्यूनीकरणका निमित्त युवाका लागि सीपमूलक तालिम (प्लम्बर, इलेक्ट्रिसियन, कारपेन्टर, हेयर कटिंग, अटोमोवाइल आदि) तथा अध्ययनको व्यवस्था गरी स्वरोजगार र उद्यमशीलताको सृजना गर्ने काममा म लागि रहने छु भने युवाहरूलाई रोजगार बनाउन प्राविधीक सिपमुलक शिक्षा र सामाजिक सुरक्षाको ग्यारेन्टी, क्षेत्रमा सञ्चालन हुने उद्योगहरूमा यसै क्षेत्रका नागरिक तथा युवालाई रोजगारीमा प्राथमिकता दिने व्यवस्था मिलाउने कार्यमा मेरो ध्यान केन्द्रित हुने छ।

यस पटकको निर्वाचनमा म र मेरो पार्टी एक्लै उठेको छैन हामीलाई मुलुकको लोकप्रिय पार्टी नेकपा एमाले र जनता समाजवादी पार्टीको साथ र समर्थन रहेको छ भने हामी आगामी मंसिर ४ गते पछि बन्ने सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेगरी निर्वाचन जित्ने लक्ष्यका साथ निर्वाचनमा होमीएका हौं।

हामी स्वाधीनता सहितको शान्ति, समृद्धि र स्वतन्त्रता तथा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेका छौ। हाम्रो चुनावी तालमेल सत्ताप्राप्तिको स्वार्थी गठबन्धन नभई मुलुकको स्वाधीनताको रक्षा गर्दै देशलाई समृद्ध बनाई जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो।

हाम्रो टिमबाट जसपाका नेता महेन्द्र यादव छाता चुनावचिन्हका साथ र (२) का लागि नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य क. तुलसीप्रसाद चौधरी सूर्य चुनावचिन्हका साथ साझा उम्मेदवार हुनुहुन्छ। तसर्थ हाम्रो टिमलाई यहाका मतदाताले उत्साहका साथ दिई रहनु भएको छ भन्नेमा म पुर्ण बिश्वस्त छु।

कुराकानीमा आधारित

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार