रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

मानव सेवा आश्रमको सहयोगार्थ रामनगर मैदानमा पौष ९ गते ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदै

बुटवल । विगत एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित मानव सेवा आश्रमको सहयोगार्थ बुटवलमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ ।

नेपथ्य ब्याण्डसँगको सहकार्यमा हुन लागेको कन्सर्ट आउँदो पौष ९ गते कालिका मानवज्ञान मा.वि सेक्टर २ (रामनगर मैदान, चौराहा) को मैदान, चौराहामा हुने छ । मानव सेवा आश्रमको सहयोगार्थ हुन लागेको कन्सर्ट बुटवल सहित नेपालका १० ठुला शहरमा हुने छ । एक महिना लामो मेचीदेखि महाकालीसम्म हुने यात्रा मानवता प्रवद्र्धनका लागि हुने छ ।

कार्यक्रममा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् । नेपथ्य ब्याण्डले यसअघि विभिन्न देश परिवर्तनका नाराहरुसहित कार्यक्रम गर्दै आइरहेकोमा सन् २०२२ मा हुने यस यात्रालाई मानवताका लागि संगीत यात्रा २०२२ नाम दिएको छ ।

मानवसेवा आश्रमको हाल तिलोत्तमा नगरपालिका वडा नं. ६, मोक्षधाम सेवा आश्रमको परिसरभित्र निर्माण भइरहेको भवनको निर्माण कार्यलाई पूर्णता दिन र आश्रममा आश्रित लक्ष्मीनारायण र बालगोपालहरुको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापना गर्न कन्सर्ट गर्न लागिएको आश्रमका लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले बताइन् ।

आश्रमले हाल बुटवल उपमहानगरपालिकाको वडा नं. ८ (पुरानो लाइसेन्स भवन) मा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ । त्यस्तै मोक्षधाममा रहेको आश्रममा हाल निर्माण कार्य भइरहेको भएपनि यस अघि बुटवल ८ मा रहेको लक्ष्मीहरुलाई राखिएको भाडाको घर छोडेर मोक्षधाममा स्थानान्तरण गरी घरभाडा कम गरेको छ ।

अहिले नयाँ घरको बाहिरी आवरणको काम अन्तिम चरणमा पुगेको भएपनि भित्री संरचनाको रुपमा रहेका भान्सा, शौचालय, नुवाईधुवाई गर्ने ठाउँ, लक्ष्मीनारायण र बालगोपालका लागि आवश्यक बेड, बिस्तराहरु जुटाउने कार्य भइरहेको आश्रमले जनाएको छ । रुपन्देही जिल्ला शाखा मानव सेवा आश्रमको एघारौँ जिल्ला शाखा हो ।

वि.स २०७६ जेठ ११ गते औपचारिक रुपमा समुद्घाटन गरी सेवा सुरुवात गरेको आश्रमको संरक्षणमा ८ बालक, ४ बालिका, ६४ पुरुष र ६५ जना महिला गरी १४१ जना लक्ष्मीनारायण र बालगोपालहरु आश्रित छन् ।

यस नेपथ्य लाइभ कन्सर्टको टिकट एक हजार रुपैयाँ रहेको र मानव सेवा आश्रमका केन्द्रहरु र अनलाइनमा थुप्रै डटकम (thuprai.com/nepathya) र इसेवा (esewaevents.com) बाट समेत प्राप्त गर्न सकिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार