रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

गौतम भ्रष्टचारको मुद्धाबाट जोगिन गठबन्धनको ओतमा पुगे

  • गुल्मी ।  आइतबार शेषकान्त गौतमले पत्रकार सम्मेलनमा रामकुमारी झाँक्रीलाई निर्वाचनमा सर्मथन गर्ने जनाए ।

    सुरुमै गौतमले रामकुमारीको चर्चा गर्दै भने उनी बिकटकी चेली हुन् ।

    अहिले सडक बनेपछि त्यो गाउँ सुगम राम्रो भएको छ । तर, पहिले रामकुमारीले खर्सुको बिचबाट संर्घष गरेकी छन् । यो गौतमले पत्रकार सम्मेलनमा भनेको अभिव्यक्ति हो ।

    उनले गोकर्ण बिष्टको चर्को बिरोध गरे तर विकासले गाउँ फेरिएको कुरा आफैले गरे । विकासको देन गोकर्णको हो । उनले क्षणिक आवेक र स्वार्थको लागि निर्वाचनको मुखमा गलत हर्कत गरेका छन् ।

    उनले आफु एमालेमै रहने र भोट मात्रै रामकुमारीलाई राख्ने भनेर लाजमर्दो अभिव्यक्ति दिइरहेपछि पत्रकारहरुले निकैबेर गौतमलाई केरकार पारे ।

    उनले बिज्ञप्तीमा ७० प्रतिशत आफ्नो प्रशंसा गरेर बाँकी गोकर्ण बिष्ट र पार्टी नेतृत्वलाई गाली गरेर सकेका छन् । पत्रकारले टिकट नपाएर यो बिद्रोह हो ? पार्टीले कारबाही गर्दैन ? पार्टी नीति विपरित काम गर्दा पनि कसरी पार्टीमा रहिन्छ भनेर प्रति प्रश्न गौतमलाई गरेका थिए । उ

    नले पार्टीले कारबाही गरे सामाना गर्ने र आफुलाई कारबाही गर्ने व्यक्ति र हस्ताक्षर हेर्न खोजेको बताए । गौतम लामो समय पार्टीका चुनावी मोर्चामा असन्तुष्ट बन्ने अरु पार्टीबाट रकम कुम्ल्याउन खप्पिस छन् ।

    उनलाई स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई सहयोग गरेको आरोपमा कारबाहीको पहिलो नम्बरमा भएका व्यक्ति हुन् । निर्वाचनमा यी र यस्तै काम गर्ने तर पछि नेता बिषेशसंग जोडिएर राजनैतिक लाभ लिनपनि उनी निकै चलाख छन् । एमालेकै कारण लामो समय कफि विकास बोर्डको नेतृत्व गरे । तर, अन्ततमा बोर्डको दुरुपयोग गरे ।

    जसकार कारण भ्रष्टचारको मुद्धा खेपिरहेका छन् । उनको मुद्धा अझै पनि प्रक्रियामा रहेको छ । एमालेका एक नेताका अनुसार पहिलेका थुप्रै नियुक्तीहरु र गाउँका उपभोक्ता, सहकारीहरुमा दुरुपयोग गरेका कारण बिबादमा पर्दै आएका छन् ।

    अहिले पनि गठबन्धनको सरकारबाट अख्तीयारको मुद्धामा जोगाउने आश्वासन पाएपछि गठबन्धकै निर्णय अनुसार लामो राजनैतिक यात्रा ध्वस्त बनाएको ती नेताले बताए । उनलाई पार्टीबाट निस्काशनको तयारी भइरहेको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित