जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

एक करोड हारहारीमा ‘महापुरुष’को ओपनिङ, हल-हलमा दर्शक भेट्दै हरिवंश

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो ।

नेपालका एकसय १२ हलबाट प्रदर्शनमा आएको फिल्मले बिहानैदेखि काठमाडौं उपत्यकासहित मोफसलका ठूला सहरमा ७० देखि शतप्रतिशत अकुपेन्सीको ओपनिङ गर्‍यो ।

फिल्मको ओपनिङमा ६५ प्रतिशत काठमाडौं र बाँकी मोफसल टोरिटोरीको योगदान देखिन्छ । यद्यपी, कलेक्सनको अन्तिम आँकडा आउन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरस्थित मल्टिप्लेक्सहरु (ए र बी वर्गका समेत) दुबै हाउसफूल रहे ।

चितवन, पोखरा, बुटवल, इटहरी लगायतका मोफसलका ठूला सहरहरु समेत महापुरुषमय बने । फिल्मले दर्शकबाट सकारात्मक वर्ड अफ माउथ प्राप्त गरेको छ र यसको फाइदा आगामी साताभरि नै देखिनेछ ।

एकै परिवारका २८ सदस्यले भक्तपुरस्थित क्यूएफएक्स हलमा ‘महापुरुष’ हेर्न लाग्दा टिकट देखाउँदै हरिवंश ।

पहिलो दिन एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार स्वभाविकरुपमा त्यो भन्दा बढी कमाइ गर्नेछ । यो ट्रेन्ड हेर्दा आइतबारसम्मको सार्वजनिक बिदाको अवधिभर फिल्मको पहिलो सप्ताहन्तको कमाइ ५ करोड आसपास हुने प्रक्षेपण छ ।

‘महापुरुष’को सकारात्मक पक्ष के हो भने यो फिल्म बक्सअफिसमै लामै समय चल्ने देखिन्छ । ‘वर्ड अफ माउथ’ सकारात्मक भएकाले यसको स्थिर कमाइ पहिलो र दोस्रो सप्ताहन्तसम्म स्पष्ट देखिनेछ ।

एफक्यूव मल्टिप्लेक्समा दर्शक ।

प्रदीप भट्टराई निर्देशित फिल्म महापुरुषमा हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल लगायतको अभिनय छ ।

म्याक्स दिपेश खत्री निर्मित फिल्मको कार्यकारी निर्मातामा बानियाँ स्वयम छन् । फिल्म रिलिजको दिनमा कलाकार, निर्देशक र निर्मातासहितको महापुरुष टोलीले दर्शकसँगै हल भिजिट गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित