मासु व्यवसायी भन्छन्–‘बधशालामा काटेको मासु हामीले विक्रि गर्दनौं’ तपोभूमि बचत तथा क्रृण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न फेरी ल्यायो दिप एजुकेशनले उत्कृष्ट नतिजा अमरपथमा फेरी पस्यो लेदो सहितको भल (फोटाहरु) नेपाली लुगा घर र जुत्ता घरमा उपभोक्ताको थामिनसक्नु भीड (फोटो फिचर) चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाको आयोजनामा रक्तदान सम्पन्न सामुहिक सहकारी संस्था तिलोत्तमा–३ को ३० औं वार्षिक साधारणसभा सम्पन्न मैनाबगरको पुरानो दिलसेर मासु पसलले बाख्रीको मासु बेचेको भेटियो मासु व्यवसायी अहिलेको अबस्थामा बधशालामा जान नसक्ने घोषणा लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्मार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल                
समाचार :

बुटवल ट्राफिकचोकमा फूलका माला अभाव, गाडी बाटै खोसाखोस (फोटो फिचर)

बुटवल । भोली भाईटिकाको लागि अति आवश्यक मानिने मालाको बजारमा अभाव भएको छ । पुष्प व्यवसायीहरुले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर भएको बताएपनि भाईटिकाको अघिल्लो दिन बजारमा फूलको माला अभाव छ ।

यताकता फाट्टफुट्टे माला पाइहाले पनि मनलाग्दी मुल्यमा व्यापारीले माला विक्रि गरिरहेका छन् । ट्राफिकचोकमा माला खरिद गर्न योगिकुटी आएकी मनिषा अर्यालले खुद्रा व्यापारीले प्रति मालामो १ सय प्रतिशत बढि नाफा खाएर विक्रि गर्ने गरेको गुनासो गरिन । माला अभाव हुँदा माला ढुवानी भइरहेको गाडिमा माला खरिद गर्न ठेलमठेल भिड समेत लागेको थियो ।


प्रति गोटा माला अहिले बजारमा २ सय देखि ३ सय सम्ममा विक्रि भइरहेको छ । व्यापारी पिच्छे मालाका मुल्य फरक–फरक भएपनि बजारमा अनियन्त्रिक भइरहेको मुल्यबृद्धि नियन्त्रण रोक्न र अनुगमन गर्न सरोकार वाला निकायलाई चासो छैन् । हरेक बर्ष चाडपर्वमा व्यापारीहरुले मुल्यबृद्धि गरिरहदा नियमन निकाय रमिते मात्र बनेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित