रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

धकधईमा कुस्ती (दंगल) प्रतियोगिता हुने

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ । तराई–मधेशको लोकप्रिय खेलको रुपमा रहेको कुस्तीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । कुस्ती खेललाई लोप हुन नदिन प्रतियोगिताको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
रोहिणी गाउँपालिकाको आयोजनामा यही कात्तिक १५ र १६ गते श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा उक्त प्रतियोगिता हुने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताए । युवाहरुलाई प्रोत्साहन र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरी प्रतियोगिता गर्न लागिएको क्षेत्रीले बताए । प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए । उनले भने, ‘निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजनको व्यवस्था गरिनेछ ।’
प्रतियोगितामा नेपाल र भारतबाट गरी २५ जना बढी पहलमानको सहभागीता रहने उनले बताए । त्यस्तै १०÷१५ हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीले बताए ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्तीसहित अन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको बताए । उनले आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए । उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अघि बढेको छ ।’
प्रतियोगितामा प्रवेश निःशुल्कको व्यवस्था रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार