रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

मानव सेवा आश्रमको सहयोगका लागि १० शहरमा नेपथ्यको कन्सर्ट

काठमाडौं । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि सांगितिक समूह नेपथ्यले नेपालका १० सहरमा ‘मानवता लागि साङ्गीतिक यात्रा’ गर्ने भएको छ ।

एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी, सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको आश्रमले मानवीय सेवाको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्यसँग सहकार्य गरेको जनाएको छ । आश्रमका संस्थापक/अध्यक्ष रामजी अधिकारीका अनुसार नेपथ्यको सांगितिक कार्यक्रम विराटनगर, वीरगञ्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाडौँमा हुनेछ ।

मानवसेवा आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । हेटौंडा, चितवन र बुटवलमा निर्माण सम्पन्नको चरणमा पुगेको छ । आश्रमको शाखा रहेका अन्य सहरहरू सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एबं भवन निर्माण शुभारम्भको चरणमा रहेको छ ।

हाल निर्माणाधीन भवनहरूको निर्माण कार्य सम्पन्न गरी आश्रमले देशभरमा करिब दुई हजार ५०० लाई संरक्षण गर्न सक्ने क्षमता विकास गर्ने योजना आश्रमको छ ।

आश्रमको संरक्षणमा हाल झण्डै एक हजार ५०० जना बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त भएकाहरु छन् । कुनै पनि अन्तर्राष्ट्रिय दातृनिकायसँगको साझेदारी बिना नेपाल सरकारको आंशिक अनुदान र परोपकारी नेपालीहरूको स्वेच्छिक सहयोगमा आश्रमले देशभरबाट उद्धार गरिएका सहयोगापेक्षीको सेवा गर्दै आएको छ ।

कुनै भरपर्दो स्थायी स्रोत नभएको आश्रमको वर्तमान अवस्थामा विपत् वा भवितव्यका कारण एक हप्तामात्र पनि सहयोग प्राप्त नहुँदा उत्पन्न हुनसक्ने दुराबस्थालाई मध्यनजर गर्दै भरपर्दो कोष निर्माण गर्न पनि यस कार्यक्रम आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए ।

नेपथ्यको सांगितिक कार्यक्रम मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानमा, मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशालामा, २२ गते हेटौंडाको भूटनदेवी स्कुल मैदानमा, २५ गते चितवनको क्याम्पाचौरमा, २९ गते नेपालगञ्ज रङ्गशालामा हुनेछ ।

त्यस्तै पुस ३ गते धनगढी रङ्गशालामा, ६ गते सुर्खेतको खुल्लामञ्चमा, ९ गते बुटवलको कालिका मानव ज्ञान मावि (सेक्टर २) मैदानमा, १२ गते पोखरा रङ्गशालामा हुनेछ ।

अन्तिम कार्यक्रम अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मानव सेवा आश्रमले जनाएको छ ।

तीन दशकदेखि सङ्गीतको माध्यमबाट सकारात्मक रूपान्तरणका लागि विभिन्न सांगीतिक यात्रा गरिसकेको छ । नेपथ्यले नेपालभित्रका ५० भन्दा बढी र अमेरिका, दक्षिण कोरिया, हङकङ, भारत, इजरायल, बेलायत, अस्ट्रेलियालगायत देशका विभिन्न सहरहरूमा ६० बढी सांगीतिक कार्यक्रम गरिसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार