दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

यमपञ्चक सुरु, आज धनतेरस

नेपालीहरूको दोस्रो महान् पर्व तिहार (यमपञ्चक) आजबाट सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि आजै परेकाले आज बेलुकी यमदीप दान सुरु गर्नुपर्ने छ।

यमपञ्चकमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ।

यद्यपि त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने भएकाले काग तिहार भने भोलि परेको छ। त्रयोदशी तिथि भोलि साँझ ०५:०४ बजेसम्मै रहेको छ।

यस्तै आज धनतेरस समेत हो।

यता तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। कात्तिक ७ गते बिहान कुकुर तिहार पर्व मनाइने छ भने सोही दिन बेलुकी लक्ष्मीपूजा हुनेछ।

लक्ष्मी पूजाकै दिन गाईपूजा पर्ने भए पनि यसपटक गाईपूजा कात्तिक ८ गते मङ्गलबार परेको छ। गोरुपूजा, म्ह पूजा कात्तिक ९ गते बुधबार परेको छ। नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ।

यसपटक भाइटीका कात्तिक १० गते परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित