दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

स्थापना दिवसको अवसरमा सिटिजन लाइफ इन्सुरेन्स देवदहद्वारा आश्रममा आर्थिक सहयोग

बुटवल । सिटिजन लाइफ इन्सुरेन्स देवदह शाखाले मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग गरेको छ । कम्पनीले स्थापनाको ५औं वर्ष पूरा गरेको अवसरमा शुक्रबार बुटवलस्थित मानव सेवा आश्रमका आश्रितलाई भोजन गराउनुका साथै आश्रमलाई आर्थिक सहयोग गरेको हो ।
कम्पनीले एक औपचारिक कार्यक्रमकाबीच भोजन गराउनुका साथै आर्थिक सहयोग गरेको हो । कार्यक्रम सिटिजन लाइफ इन्सुरेन्स देवदहकी प्रमुख विनिता श्रीसको अध्यक्षता, क्षेत्रीय प्रमुख दुर्गाराज ढकालको प्रमुख आतिथ्यतामा भएको हो ।

सो अवसरमा देवदहकी शाखा प्रमुख श्रीसले कम्पनीको वार्षिकोत्सवको अवसरमा सामाजिक दायित्व अन्तर्गत आश्रममा रहेका आश्रितलाई भोजन र आश्रमलाई आर्थिक सहयोग गरेको बताइन् । साथै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाइन् ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि, कम्पनीका क्षेत्रीय प्रमुख ढकालले स्थापना दिवसको अवसरमा कम्पनीले देशैभर विभिन्न कार्यक्रम गरिरहेको जनाए । आश्रममा भोजन र सहयोगसँगै रुपन्देही लगात देशभर सहयोग,रक्तदान लगाएतका कार्यक्रम आयोजना गरिएको उनले जनाए ।

सहयोग रकम ग्रहण गर्दै आश्रमकी प्रतिनिधि सरु अधिकारीले विभिन्न दाताहरुको सहयोगबाट नै आश्रम र आश्रममा आश्रितहरुलाई राहत पुगेको बताइन् । उनले सिटिजन लाइफ इन्सुरेन्सले गरेको सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको जनाइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित