दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक

बुटवल । रोटरी क्लवहरुको इन्टरसिटी बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ । रोटरी क्लव अफ बुटवलको आयोजनामा बुटवल अन्तर्गतका स्पोन्सर क्लवहरुको संयुक्त बैठक सम्पन्न भएको हो ।
रोटरी क्लव अफ बुटवलले आफ्नो १४ सय ३७ औं बैठकको साथै इन्टरसिटी बैठकको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले इन्टरसिटी बैठकले रोटरी क्लवहरुबीचको सम्बन्धलाई सुद्धृढ तुल्याउने र सामाजिक कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।
उनले रोटरीले संसारभर खेलेको भूमिकाको आम नागरिकले उच्च प्रशंसा गरिरहेको भन्दै रोटरीप्रतिको विश्वासलाई कायम राख्न र अगाडि सारिएका प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिन आग्रह गरे । साथै उनले क्लवको प्रशासनिक क्षेत्रलाई प्रभावकारी बनाउनका लागि गर्नुपर्ने कामका बारेमा पनि प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले रोटरीले शिक्षा, स्वास्थय लगायत सामाजिक क्षेत्रमा खेलेको भूमिको प्रशंसा गर्दै रोटरीले गर्ने काममा स्थानीय सरकार प्रमुखको नाताले सहकार्य गर्न तयार रहेको बताए ।
प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठले फेलोसिप र सर्भिस प्रोजेक्ट रोटरीको मुटु रहेको भन्दै यसतर्फ ध्यान दिन सबै रोटरीयनहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले रोटरीले सम्पन्न गरेका परियोजना र विभिन्न क्षेत्रमा गरेका कामबारे प्रकाश पारेका थिए ।
गौतमबुद्ध मुटु अस्पतालमा क्याथ ल्याव सञ्चालनदेखि लिएर लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट तथा शंकरनगर वनबाटिकामा बालरेलदेखि लिएर वनबाटिकामै इ लर्निङ एण्ड साइन्स थिएटर जस्ता ठूला प्रोजेक्ट रोटरीले सम्पन्न गरिसकेको उनले जानकारी दिए । त्यस अवसरमा उनले स्पोन्सर क्लवहरु रोटरी, रोट¥याक्ट, इन्ट¥याक्ट र आरसिसी क्लवहरुको गतिविधिको बारेमा पनि जानकारी गराएका थिए ।
अध्यक्ष पियाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा रोटरीले अन्य थुप्रै काम गरेको र मानवीय सहायताका काममा पनि रोटरीले महत्वपूर्ण कामहरु गर्दै आएको पनि जानकारी दिए ।
त्यस अवसरमा रोटरीयन भरतकुमार श्रेष्ठ, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजबहादुर खत्री, डिष्ट्रिक क्लव सर्भिस कमिटी चेअर राजेन्द्र ढकाल, क्लवका जिल्ला सल्लाहकार प्राध्यापक रामचन्द्र आचार्य, पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव लालहरि पाण्डेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित