अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

मदनकृष्णको स्वरमा ‘सराङकोटको डाँडैमा’को ‘लेजेन्डरी भर्सन’

हिट गीत ‘सराङकोटको डाँडैमा’ ‘लेजेन्डरी भर्सन’मा समेत आउने भएको छ । ८ महिनाअघि प्रविन भट्ट र बालगायिका पूजा देवकोटाको स्वरमा सार्वजनिक गीत टिकटकसँगै युट्युबमा निकै हिट भएको थियो । सोही हिट गीत लेडेन्डरी भर्सनका लागि रेकर्डसमेत भइसकेको छ ।

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले लेजेन्डरी भर्सनमा स्वर दिएका छन् । उनका साथमा चर्चित गायिका देविका बन्दनाको स्वर गीतमा सुन्न सकिनेछ । गायिका देविकाले गीत  रेकर्डिङ गर्दाका तस्वीरहरू फेसबुकमा शेयर गरेकी छन् । गीतको शब्द एवं संगीत भने प्रशान्त पौडेलको हो । केही दिनमा भिडियोसहित गीत सार्वजनिक गर्ने तयारी छ ।
पछिल्लो समय हिट गीतहरू विभिन्न भर्सनमा ल्याउने क्रम बढेको छ । त्यसमा मदनकृष्ण पहिलो रोजाइमा पर्दै आएका छन् । ‘फुलबुट्टे सारी’, ‘एउटा सपना छ’ लगायत गीतको लेडेन्डरी भर्सन मदनकृष्णको स्वरमा यसअघि सार्वजनिक भइसकेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार