अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

नेपथ्यले ‘मानवताका लागि संगीत’ शीर्षकमा अभियान चलाउने

चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले ‘मानवता प्रवर्द्धन अभियान’ सञ्चालन गर्ने भएको छ । ब्यान्डले मानव सेवा आश्रमसँगको सहकार्यमा ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि संगीत शीर्षकमा आगामी वर्ष उक्त अभियान चलाउने भएको हो ।

तीन दशक भन्दा लामो समयदेखि दर्शक(श्रोतालाई मनोरञ्जन प्रदान गरिरहेको नेपथ्यले संगीतलाई समायनुकूल सामाजिक अभियानमा पनि जोडिंदै आएको छ ।

मानव सेवा आश्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले ब्यान्डले विभिन्न कन्सर्टमार्फत आर्थिक सहयोग संकलनमा हातेमालो गर्ने नेपथ्यले जनाएको छ । नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ ।’

मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म ७ हजार ३६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने २ हजार ८२३ जनालाई उनीहरुको परिवारमा पुनर्स्थापित गराइसकिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार